यो वर्ष शिक्षा दिवस नमनाउने निर्णय

यो वर्ष शिक्षा दिवस नमनाउने निर्णय

काठमाण्डौं, २२ भदौं ।  सरकारले यो वर्ष अन्तर्राष्ट्रिय साक्षरता दिवसका दिन मनाइँदै आएको शिक्षा दिवस नमनाउने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) का कारण दिवस नमनाउने निर्णय गरेको हो ।

शिक्षा दिवस बनाउन अर्कै मिति घोषणा गरिने मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विगतका वर्षमा ८ सेक्टे‍म्बरमा मनाइने साक्षरता दिवसका दिन शिक्षा दिवस मनाइँदै आइएको थियो ।



ट्रेन्डिङ