पूर्वी चितवनका २ बालक ८ दिन देखि बेपत्ता

पूर्वी चितवनका २ बालक ८ दिन देखि बेपत्ता

रत्ननगर, २१ भदौं । पूर्वी चितवन रत्ननगर १४ का २ बालक हराएका छन । रत्ननगर १४ पिठुवाका १४ बर्षिय बालक मनिष भट्ट र सोही ठाँउका १६ बर्षिय किशोर सुजन श्रेष्ठ गत भदौ १४ गते देखि हराएका हुन । जारी लकडाउनका बीच गत भदौ १४ गते राती करीब ८ बजेको समयमा घरबाट हेटौँडा जान्छौँ भनि उनिहरु निस्किएका मनिष भट्टकी आमा सरस्वती भट्टले बताईन् ।

अभिभावकको अनुमति बिना निस्कीएका उनिहरु हालसम्म सम्पर्कमा नआएको उनकी आमा भट्टल जानकारी दिईन् । खोजीका लागि स्थानीय प्रहरी प्रशासनमा निवेदन दिएको र ८ दिन भैसक्दा पनि हाल सम्म कहिँ कतै बाट खबर नआएको भन्दै उनले चिन्ता व्यक्त गरिन । कसैको ललाई फकाईमा लागेर गएको हुन सक्ने परिवारजनले आशंका गरेका छन ।

हालसम्म कुनै खबर प्राप्त नभएको र खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यलय रत्ननगर टाँडीले जनाएको छ । आफ्ना छोराहरुको खोजीका लागि सहयोग गरिदिन प्रशासन र पत्रकारलाई अपील गर्दै उनलाई कसैले भेटेमा नजिकको प्रहरी कार्यालय वा मोवाइल नम्बर ९८१८९३९५३० मा खबर गरिदिन आग्रह गरेका छन् ।



ट्रेन्डिङ