बछौली स्कुलको प्रगतीः होटल म्यानेजमेन्टका लागि ७० लाखको लागतमा ४ कोठे भवन निमार्ण गर्दै

बछौली स्कुलको प्रगतीः होटल म्यानेजमेन्टका लागि ७० लाखको लागतमा ४ कोठे भवन निमार्ण गर्दै

दिपेन्द्र चौधरी (दिपेश)-
सौराहा, २१ भदौं ।  शिक्षा विना मानिसको जीवन अध्यारो हुन्छ भन्ने मान्यता छ । सोहि अनुसार शिक्षाको विकास हुन आवश्यक छ । वर्तमान समयमा प्राविधिक शिक्षाको महत्व अत्याधिक रहेको सरोकारवालाहरुले बताउँदै आएका छन् प्राविधिक शिक्षाको विकास विना विकास सम्भव नभएको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले बताएका छन् ।

विद्यालयले आर्थिक रुपमा विपन्न र प्राविधिक विषयमा अध्ययन गर्न चाहने विधार्थीहरुको लागि अत्यन्तै महत्वपूर्ण भूमिका खेलेको बछौली माध्यामिक विधालयकोे होटल म्यानेजमेन्ट भवन शिलान्यास कार्यक्रममा नगर प्रमुख वनले यस्ले समग्र मुलुकको विकासमा ठूलो अर्थ राख्ने बताए ।
शनिवार एक औपचारिक कार्यक्रमको बीच कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र रत्ननगर नगरपालिकाका  वडा नं. ६ का वडा अध्यक्ष बलराम दाहाल एवं विधालय ब्यवस्थापन समितिका अध्यक्ष राममणी खनालले संयुक्त रुपमा भवनको शिलान्यास गरेका छन् ।

यस विधालयलाई कसरी हुन्छ नमुना विधालयको रुपमा बनाउनको लागि विधालयका प्रधान अध्यापक र विधालय ब्यवस्थापन समितिका अध्यक्ष लाई आग्रह गरे । उनले गुणस्तरीय रड तथा सिमेन्टहरु प्रयोग गरी भुकम्प प्रतिरोधात्म भवन बनाइ चारपाँच तला लैजाने सकिने तरिकाको बनाउन विधालय निर्माण समिति तथा निमार्ण ठेकेदारलाई निर्देशन दिए ।

विद्यालय हाता भित्र नै स्वास्थ्य चौकी, वडा कार्यालय, नारी चेतना बचत तथा ऋण सहकारी, मृगकुञ्ज उपभोक्ता समिति भएको कारण विधालयको क्षेत्रफल साँघुरिएको छ । यी संघ संस्थाहरुलाई अन्यत्र सार्नको लागि जग्गाहरु खोजिरहेको नगर प्रमुख वनले बताए । विधालयका लागि प्रयाप्तमा मात्रामा चौर भएमा बालबालिका लाई पढाइका अलाबा खेलकुद लगायत अन्य क्रियाकलापमा सरिक हुन सजिलो हुने छ । शैक्षिक विकासका साथै शारीरिक विकास हुनुपनि त्यतिकै आवश्यक हुने गर्दछ ।

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाका प्रमुख डा. बाबुराम लामिछाने, राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर सौराहा प्रमुख प्रकास उप्रेति, विध्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष हरि भक्त घिमिरे, विधालय पूर्व प्रचार्य बासुदेव चौधरी, रत्ननगर वडा ६ का वडा सदस्य किरण चौधरी, वडा सदस्य केसरी सुनार, नेपाली काङग्रेस वडा न ६ का सचिव मनोज चौधरी लगाएत अभिभाव र शिक्षकहरुको उपस्थिति रहेको थियो ।

पर्यटन प्रर्वद्दनमा होटलको महत्वपूर्ण भूमिका हुन्छ । यस क्षेत्रमा होटल तथा रेष्टुरेन्टहरु धेरै भएकोले इमन्दार, गुणस्तरीय र होटल म्यानेजमेन्ट अध्ययन गरेको म्यानपावरको माग बढ्दो छ । देशलाई आर्थिक रुपमा समृद्द र रोजगारको क्षेत्र होटल भएकोले होटल मयानेजमेन्ट शिलालाई प्रभावकारी बनाउनु आवश्यक छ ।

सामुदायिक विधालयमा होटल म्यानेजमेन्टको अध्यापन हुने एक मात्र विधालय रहेको विधालय ब्यवस्थापन समितिका अध्यक्ष राममणी खनाले बताए । विधालयमा गत वर्ष देखि होटल म्यानेजमेन्ट अध्यापन शुरु भइरहेको छ । ७० लाखको लागतमा ४ कोठे भवन निमार्ण हुन लागेको विधालयका प्रधान अध्यापक शिवराम मरह‡ले जानकारी दिए । वि.सं २०१९ सालमा स्थापना भएको स्कुलमा हाल उच्च शिक्षा सम्मको अध्यापन हुने गरेको छ ।



ट्रेन्डिङ