सेना र बैँकका कर्मचारीसहित २६ जनामा कोरोना पुष्टि

सेना र बैँकका कर्मचारीसहित २६ जनामा कोरोना पुष्टि

बारा, २१ भदौं । बारा र पर्सामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा शनिवार राति गरिएको पीसीआर परीक्षणमा पर्साका २४ र बारामा २ जनामा संक्रमण देखिएको हो । ५ सय १० जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा ५ महिला सहित २६ जना संक्रमित भेटिएको अस्पतालका प्रवक्ता डा.अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

उनका अनुसार संक्रमितहरु १६ वर्षदेखि ६४ वर्ष उमेर समूहका छन् । थपिएका संक्रमितमध्ये वीरगञ्जस्थित कृषि औजार कारखानाको ब्यारेकमा कार्यरत २ सशस्त्र प्रहरीका जवान र नबिल बैंक वीरगञ्ज शाखामा कार्यरत पाँच जना कर्मचारी छन् ।

यस्तै वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १२ का तीन, वडा नम्बर ९, १५ र २५ का २÷२ जना र वडा नम्बर ६, १०, १३, १४, २०, २१ का एक/ एक रहेका छन् । यस्तै कालिकामाई गाउँपालिका वडा नम्बर ४ का एक जना र जगरनाथपूर गाउँपालिका वडा नम्बर ५ का एकजना रहेका छन् ।

डा।चौरिसियाका अनुसार थपिएका पाँचजना संक्रमितहरुको ठेगना खुल्न सकेको छैन । त्यसैगरी बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर २ का दुई जनामा कोरोना संक्रमण देखिएको उनले बताए ।



ट्रेन्डिङ