अर्थ र सञ्चार मन्त्रालयको जिम्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई

अर्थ र सञ्चार मन्त्रालयको जिम्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई

काठमाण्डौं, १९ भदौं । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीले पाएका छन् ।

डा। युवराज खतिवडाले राजीनामा दिएपछि रिक्त रहेको दुवै मन्त्रालको जिम्मा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई दिएकी हुन् । शक्रबार खतिवडाले राजीनामा दिएपछि उनले सम्हाल्दै आएको मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरे जानकारी दिए ।

ुशुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा। युवराज खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा ९२० को खण्ड ९क० बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजले सम्माल्दै आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्ममानीय प्रधानमन्त्री श्री केपी शर्मा ओली ज्यूले सम्हाल्ने गरी तोक्नु भएको छु उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अर्थमन्त्री खतिवडाले शुक्रबार प्रधानमन्त्री ओलीसमक्ष राजीनामा बुझाएका हुन् । राष्ट्रपतिबाट मनोनीत कोटामा राष्ट्रियसभाको सांसद नियुक्त भएका उनले करिब साढे दुई वर्ष अर्थमन्त्रीको जिम्मेवारी सम्हाले । उनको सांसदको पदावधि ६ महिनाअघि नै सकिएको थियो । यद्यपि, सांसदको पद सकिएपछि संवैधानिक व्यवस्थाअनुसार ६ महिना मन्त्रालयको जिम्मेवारी सम्हालेका उनी सांसदमा पुनः मनोनीत नहुने भएपछि अर्थमन्त्रीबाट राजीनामा दिएका हुन् ।



ट्रेन्डिङ