बीपी प्रतिष्ठानमा सप्तरीका दुई संक्रमितको मृत्यु

बीपी प्रतिष्ठानमा सप्तरीका दुई संक्रमितको मृत्यु

विराटनगर, १८ भदौ । सुनसरीको धरानस्थित बीपी कोरइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार २ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । प्रदेश( २ स्थित सप्तरीको राजविराज–७ का ५५ र ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

कमजोरी, रक्त अल्पता र मधुमेहको समस्या नियन्त्रण हुन नसकेपछि मृतक ५५ वर्षीय पुरुष गत ४ भदौमा सप्तरीको छिन्नमस्ता अस्पतालबाट रेफर भई आएका थिए । उनलाई तत्काल मेडिसिन वार्डमा राखेर उपचार सुरु गरिएकोमा ७ भदौमा कोरोना पुष्टि भएपछि ८ भदौमा प्रतिष्ठानको कोडिड–१९ उपचार केन्द्रमा सारिएको थियो ।

प्रतिष्ठानको कोभिड–१९ उपचार केन्दको आईसीयुमा उपचाररत उनको बिहीबार १स्१५ बजे मृत्यु भएको हो । मृतक पुरुष विगत १५ वर्षदेखि उच्च रक्तचाप र मधुमेहको दीर्घरोगी रहेको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए ।

त्यसैगरी, राजविराज–७ कै अर्का ५० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । ज्वरो, श्वासप्रश्वासमा समस्या र ४ दिनदेखि शरीर शिथिल भई बिहीबार राजविराजबाट सिकिस्त अवस्थामा रेफर भई आएका उनलाई अस्पतालको इमेरजेन्सीमा १स्२० बजे भर्ना गरिएकोमा उपचारकै क्रममा २स्०२ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा। सापकोटाले जानकारी दिए । उनले कोरोना पोजिटिभ देखिएका मृतक पुरुष मधुमेहका दीर्घरोगी रहेको जानकारी दिए । मृतक दुवै जनाको शव व्यवस्थापनको तयारी नियमअनुसार भइरहेको प्रवक्ता डा। सापकोटाले बताए ।



ट्रेन्डिङ