अछाममा कुटपिटबाट युवक मृत्यु, ६ जना पक्राउ

अछाममा कुटपिटबाट युवक मृत्यु, ६ जना पक्राउ

अछाम, १८ भदौं । जिल्ला प्रहरी कार्यालय अछामले २४ वर्षीय युवकको कुटपिटपछि मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी रमेश दत्त अवस्थीका अनुसार कमलबजार नगरपालिका ६ हात्तीबाजका १९ वर्षीय खेमराज शाही, २० वर्षीय भूपेन्द्र शाही, २० वर्षीय विनोदबहादुर शाही, २१ वर्षीय अक्कल शाही, १९ वर्षीय विनोद शाही र २५ वर्षीय रमेश शाही पक्राउ परेका छन् ।

उनले पक्राउ परेका माथि कर्तव्य ज्यान मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान भइरहेको बताए । घटनामा संलग्न अन्य भने फरार रहेकाले खोजी कार्य जारी रहेको इन्सपेक्टर अवस्थीले जानकारी दिए ।

१६ भदौ मंगलसेन नगरपालिका( १४ कालागाउँका २४ वर्षीय सन्तोष भण्डारीलाई सोही वडा खानडाडाका भन्ने स्थानमा भुपेन्द्र शाहीलगायत ७र८ जनाको समूहले निर्धात कुटपिट गरेको थियो ।

घाइते भण्डारीको अछाम जिल्ला अस्पताल मंगलसेनमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको थियो । सुर्खेतबाट माउन्टेन एयर हेलिकोप्टर मंगलसेन नगरपालिकाको खुल्ला मैदानमा ल्याण्ड भएर भण्डारीलाई भित्र राख्ने क्रममा मृत्यु भएको थियो ।



ट्रेन्डिङ