कास्कीका २० प्रहरीसहित गण्डकीमा थपिए ३६ जना कोरोना संक्रमित

कास्कीका २० प्रहरीसहित गण्डकीमा थपिए ३६ जना कोरोना संक्रमित

काठमाडौं,१७ भदौं । गण्डकी प्रदेशमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहित ३६ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । पोखरास्थित क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवनको भरतपुर अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणबाट ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ३ महिलासहित २३ जना कास्कीका रहेका छन् भने ४ महिलासहित ७ जना नवलपुरका, दुई महिला र दुईजना पुरुष गरी ४ जना लमजुङका र एकरएकजना महिला र पुरुष गरी दुईजना तनहुँका रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कास्कीका संक्रमितमध्ये २० जना नेपाल प्रहरीमा कार्यरत र एकजना स्टाफनर्स भएको निर्देशनालयले जनाएको छ । लमजुङ सुन्दर बजारका एकजना पुरुष ‌ओमनबाट आएका हुन् । निर्देशनालयका अनुसार अन्य संक्रमितहरु भने कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।



ट्रेन्डिङ