समाचार वीरगञ्जमा कोरोना संक्रमणबाट थप १ वृद्धको मृत्यु

समाचार वीरगञ्जमा कोरोना संक्रमणबाट थप १ वृद्धको मृत्यु

वीरगञ्ज, १७ भदौं । कोरोना संक्रमणबाट वीरगञ्जमा थप १ जना वृद्धको मृत्यु भएको छ । संक्रमण पुष्टि भइसकेपछि नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत बाराका ९७ वर्षीय वृद्धको मृत्यु भएको हो ।

सिम्रौनगढ नगरपालिका–९ बसबरियाटोल बस्ने मृतक मुटु र दमको दीर्घ रोगी रहेको अस्प्तालले जनाएको छ ।

उच्च रक्तचापको समेत समस्या रहेका उनको उपचारको क्रममा मंगलवारराति मृत्यु भएको कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए । उनका अनुसार गएको १२ भदौमा स्वाब संकलन गरेको दुई दिनपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यसलगत्तै १४ भदौमा अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।



ट्रेन्डिङ