सौराहाको बजारमा डुल्ने क्यूट गैंडा स्थानीय किसानलाई निल्नु न ओकेल्नु बनायो

सौराहाको बजारमा डुल्ने क्यूट गैंडा स्थानीय किसानलाई निल्नु न ओकेल्नु बनायो

दिपेन्द्र चौधरी (दिपेश)-
सौराहा,१६ भदौं । लक डाउन अगाडी सौराहा आउने पर्यटकहरु बाटोमै गैडा देख्न र गैडा संग सेल्फी लिन पाउँदा पर्यटकहरु अत्यन्तै खुसि हुन्थ्ये । राइनो वाइकिङ अन स्ट्रीटको रुपमा परिचत गैडा अहिले सौराहा वरीपरिका किसानहरुको टाउँको दुखाइ बनेको छ।
चितवन राष्ट्रिय निकुञ्जभित्र पाइने दुर्लभ एकसिङे गैंडा किसानका धानबाली सखाप पार्ने गरको छ । करिब ६ वर्षका मेघौली नाम गरेको गैंडा मानव वस्तीमा पटकपटक आइरहन्छन् । पसाउन लागेको धानबाली खाइदिएपछि यतिबेला किसानहरु चिन्तीत भएका छन । लक डाउनका कारण आर्थिक रुपमा समस्या भोगिरहेका किसानहरु मानो रोपेर मुरी भित्राउने समयमा गैडाले थप समस्या सृजना गरिदिएको किसानहरु बताउछन । दैनिक रुपमा गैडा बस्तीमा प्रवेश गरेर धानबाली सखाप पार्ने गरेको उनीहरु बताउँछन ।
बोद्रहनी, लौखनी, बाघमारा, बछौली र मगरटोल लगाएतका ठाउँहरुको धानबाली नष्ट गरेको छ ।  रत्ननगर ७, सिसुवारका चिरम महतोले गैडाले धानबाली सखाप पारेको बताए । उनले धान खेत देखाउँदै भने चिन्ता व्यक्त गरे । धानबालीमा  गैडाले खाने र आहाल बस्ने गरेर दुख दिएको गुनासो गरे । पसाउन लागेको बाली आइदिने, बालीमै आहाल बसिदिने जस्ता गतिविधिले किसानहरु आजित बनेको सुनाए ।

यता रत्ननगर ७ कै विष्णु महतोले पनि गैडाले दुख दिएको गुनासो गरे । अहिलेको धान राम्ररी भित्राउन पाइएला जस्तो छैन उनले भने । एक ठाउँमा मात्रै होइन, खेतका गारोको बीच बीचमा पुगेर आल खेल्दीने गरेको छ । यो नरोकिए यो वर्ष धान किन्नुपर्ने बाध्यता आउने उनले सनाए ।हरेक दिन जसो गैडा धान खेतमा आइरहन्छ । गैडाले सखाप पारेको धानबाली हेरेर बस्नुको कुनै विकल्प छैन । गैडालाई ब्यवस्थापनको लागि निकुञ्जको ध्यान जाओस रत्ननगर–७ का गैडाबाट पीडित मथुरा महतोले भने । दैनिक रुपमा बस्तीमा पसेर किसानको धानबाली सखाप बनाइरहेको छ । स्थानीयले गैडा नियन्त्रणका लागि निकुञ्ज र मध्यवर्ती कार्यालयलाई पटक–पटक अनुरोध गर्दा पनि गैंडा नियन्त्रणमा निकुञ्जले चासो दिएको छैन ।

रत्ननगर ८ बाघमाराका किसान गणेश बहादुर थापाले भने यसपाली गैडा र सामुदायिक वनबाट आएको बँदेलले मकै बाली सखाप भयो । गैडा र बँदेलबाट जोगिएको मकै बाली सुगाले खत्तम बनायो । उनले भने सखाप भएको बाली निकुञ्जबाट निरिक्षण गर्न आएका थिए । तर समयमानै लाल पूर्जाको फोटोकपि पेश गर्न नसक्दा क्षतिपूर्ति नपाएको उनले बताए ।

सरकारले बालीनाली क्षति बापत राहत दिने गरेको छ । सो राहत लिने प्रकृया झन्झटिलो रहेको किसानहरु बताउछन । मध्यवर्ती कार्यालयले क्षतिको विवरण संकलन, सामुदायिक वन र स्थानीय सरकारबाट प्रमाणित गरेएपछि मात्रै निकुञ्जले क्षतिपूर्ति स्वरुप राहत प्रदान गर्ने गरेको छ । बन्यजन्तु र मानब वीचको द्धन्द्ध कम गर्न मृगकुञ्ज र सामुदायिक वनहरुले लाखौ रुपैया खर्च गर्ने गर्दछ । तर बन्यजन्तु का कारण बालीनाली नोक्सान हुने समस्या अझै जिउका तिउ नै छ । हरेक बर्ष किसानका बालीनालीहरु जंगली जनावर बाट नोक्सान हुने गरेको छ ।

बाघमारा सामुदायिक वनका उपभोक्ताहरुको बालीनाली जंगली जनावारले नोक्सान गरेको अवस्था क्षतिपूर्तिका लागि सामुदायिक वनले सहजिकरण गर्दै आएको वनका अध्यक्ष जीत बहादुर तमाङले बताउनु भयो । भने पहिला सामुदायिक वनबाट नै दिने गरिएको थियो तर हाल मध्यवर्तीबाट क्षतिपूर्ति दिने भएकोले हामीले सहजीकरणको भूमिका निर्वाह गर्दछौ ।

यसरी गैडा पटक पटक बस्तीमा आइरहनु राम्रो होइन । यी गैडाहरुलाई राष्ट्रिय निकुञ्ज भित्रनै ब्यवस्थापन गर्न सकिएमा गैडाको महत्व झनै बढ्ने छ भने यस्ले स्थाीनयका बालिनाली पनि जोगिनुका साथै मानिस र वन्यजन्तु बीच द्धन्द्ध पनि कम हुने थियो कि ।



ट्रेन्डिङ