वीरगन्जमा थप एक कोरोना संक्रमित वृद्धको मृत्यु

वीरगन्जमा थप एक कोरोना संक्रमित वृद्धको मृत्यु

वीरगन्ज, १५ भदौं । नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत एक वृद्धको सोमबार मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका– २४ का ८० वर्षीय पुरुषको सोमबार ३ बजेर २० मिनेटमा मृत्यु भएको हो । कलेजोका पुराना बिरामी ती वृद्धलाई ज्वरो लगेपछि आफन्तले नारायणी अस्पताल पुगाएका थिए ।

भदौ १३ मा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि नारायणीबाट वीरगन्ज हेल्थ केयर कोरोना अस्पताल रिफर गरिएको थियो ।

तीनदेखि कोरोना अस्पतालको आईसीयूमा उपचार भइरहेको ती वृद्धको सोमबार मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका अधिकृत विनय कुमार श्रीवास्तवले जनाए । मृतकको कुनै ट्राभेल हिस्ट्री थिएन । कोरोना संक्रमणले पर्सामा मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।



ट्रेन्डिङ