चितवनमा थप १७ जनामा संक्रमण पुष्टि , सातसय नाघ्यो संक्रमितको संख्या

चितवनमा थप १७ जनामा संक्रमण पुष्टि , सातसय नाघ्यो संक्रमितको संख्या

चितवन,१५ भदौं । चितवनका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परिक्षणका क्रममा चितवनका १७ सहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा भरतपुरका १५ जना र रत्ननगरका २ जना रहेका छन् ।

यसैगरी मकवानपुरका ३ जना,नवलपुरका ३ जना र नवलपरासीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै चितवनमा संक्रमितको संख्या ७ सय नाघेको छ ।



ट्रेन्डिङ