माछा चोर्न जाँदा करेन्ट लागेर चितवनमा दुईजनाको मृत्यु

माछा चोर्न जाँदा करेन्ट लागेर चितवनमा दुईजनाको मृत्यु

चितवन,१५ भदौं । चितवनमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका ८ का अन्दाजी ३५ बर्षिय नवराज दराई र अन्दाजी ३५ बर्षकै निर बहादुर रानामगर रहेका छन् । स्थानीय चुडामडी शर्मा लगाएतले संचालन भरतपुर ८ सल्यानी टोलमा गरेको माछा पोखरीको डिलमा राखिएको तारमा करेन्ट लागेर उनिहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक सुर्य थापाले जानकारी दिए । माछा चोर्न जाँदा करेन्ट लागेको हुन सक्ने अनुमान गरिएको छ ।

दैनिक माछा चोरी भएपछि माछापोखरीको डिलमा राखिएको तारमा रातको समयमा करेन्ट छाड्ने गरेको प्रारम्भिक वयान दिएको उनले बताए । मृतकहरुको साथमा जाल समेत भेटिएको छ ।



ट्रेन्डिङ