चितवनको कम्युनिस्ट पार्टीका संस्थापक नेताको कोरोनाका कारण निधन

चितवनको कम्युनिस्ट पार्टीका संस्थापक नेताको कोरोनाका कारण निधन

चितवन, १५ भदौं । चितवनको कम्युनिस्ट पार्टीका संस्थापक मध्येका एक नेता शोभाखर चापागाईँको कोरोनाको संक्रमणका कारण निधन भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ६ गीतानगर केशरबागका चापागाइँको ७८ वर्षको उमेरमा आज भरतपुर अस्पतालमा निधन भएको हो । उपचारको लागि गत साउन २७ गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो र पछि कोरोना संक्रमण देखिएपछि भदौं ७ गते उनलाई भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

२०३४ सालमा नेकपा कोअर्डिनेशन केन्द्र चितवन गठन गरी कम्युनिस्ट आन्दोलनमा सक्रिय थिए ।



ट्रेन्डिङ