मजदुरको पक्षमा कतारको निर्णय श्रमिकको न्यूनतम तलब एक हजार रियाल

मजदुरको पक्षमा कतारको निर्णय श्रमिकको न्यूनतम तलब एक हजार रियाल

काठमाडौँ,१५ भदौं । नेपालीको प्रमुख गन्तव्य कतारले अदक्ष श्रमिकको न्यूनतम तलब एक हजार रियाल ९३० हजार रुपैयाँ तोकेको छ । कतारले रोजगार परिवर्तन गर्नका लागि रोजगारदाताको अनुमति (रिलिज पेपर) चाहिने बाध्यकारी नियमलाई पनि हटाएको छ ।

कतारको राजधानी दोहास्थित कर्निसमा खाना खाने समयमा आराम गर्दै नेपाली श्रमिक ।  प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले आइतबार २०२० को ‘कानुन नम्बर १७’ जारी गर्दै निजी क्षेत्रमा कार्यरत सबै श्रमिकको न्यूनतम तलब निर्धारण गरेको हो । यो घरेलु श्रमिकको हकमा पनि लागू हुनेछ । राजपत्रमा प्रकाशित भएको ६ महिनापछि यो नियमलाई कडाइका साथ कार्यान्वयन गरिने प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्री युसुफ मोहम्मद अल ओथमान फक्रोले बताए ।

यो तलब कार्यान्वयनमा आएपछि कतार सबैभन्दा बढी न्यूनतम तलब दिने रोजगारदाता मुलुक बन्नेछ । नेपाल सरकारले २०१३ देखि अदक्ष श्रमिकका लागि न्यूनतम तलब ९ सय रियाल र खानाबापत तीन सय रियाल गरी १२ सय रियाल निर्धारण गरेको थियो । रोजगारदाता कम्पनीले नेपालले एकतर्फी रुपमा तलब निर्धारण गरेको भन्दै त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गरेको थिएन । कतारले पनि रोजगारदाता र श्रमिकबीच हुने सम्झौतालाई मात्रै आफूले कार्यान्वयन गर्न बाध्यकारी रहेको बताउँदै आएको थियो । कतारले दुई वर्ष अघिदेखि भने ७५० रियालभन्दा तलको करारपत्रलाई प्रमाणीकरण गर्न छोडेको थियो ।

अब रोजगारदाताले न्यूनतम तलब एक हजार रियाल, खाना ३ सय र आवासबापत ५ सय रियाल दिनुपर्नेछ । तर, खाना र आवासको सुविधा दिए एक हजार रियाल तलब मात्रै दिए हुन्छ ।



ट्रेन्डिङ