चितवनमा थप एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु

चितवनमा थप एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु

चितवन, १३ भदौं । चितवनमा थप एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत पूर्वी नवलपरासीको विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको आज साँझ मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

निमोनिया भएर भदौं ४ गते अस्पताल भर्ना भएका ती पुरुषलाई सघन कक्ष (आइसीयू)मा उपचार गरिएको थियो । पोखरामा गरिएको कोरोना परीक्षणमा ती पुरुषको आज दिउँसो कोरोना रिपोर्ट ‘पोजिटिभ’ आएको थियो ।



ट्रेन्डिङ