भोकाहरुलाई खाना खुवाउँदै लियो क्लव अफ भरतपुर युथ

भोकाहरुलाई खाना खुवाउँदै लियो क्लव अफ भरतपुर युथ

चितवन, १३ भदौं । लकडाउनको अवधी लम्बिएपछि लियो क्लव अफ भरतपुर युथले चितवनमा भोकाहरुलाई खाना खुवाउने अभियान सुरु गरेको छ । दोस्रो चरणको लकडाउन भएसंगै भोकाहरुलाई खाना खुवाउन सुरु गरेको वेवारिसे व्यवस्थापन तथा पुर्नजीवन चितवन शाखासंग सहकार्य गर्दै लियो क्लव अफ भरतपुर युथले अभियानलाई अघि बढाएको हो ।

शनिबार पहिलो दिन २१२ जनालाई खाना खुवाइएको लियो क्लव अफ भरतपुर युथका अध्यक्ष लियो दिपेश ज्ञवाली जानकारी दिए । विशेषगरी नारायणगढ आसपासमा श्रम गरेर खाने मजदुर वर्ग लकडाउन लम्विदै जाँदा भोकै पर्ने अवस्था आएपछि युवाहरुले केह ीगर्नैपर्छ भन्ने सोच आएको उनी बताउँछन् । ’ बिहान बेलुका छाक टार्नलाई मजदुरी गर्ने वर्ग अहिले सबैभन्दा धेरै समस्यामा छ,’ उनले भने ,‘ हाम्रो सानो सहयोगले जीवन धानिन्छ भने यही हो समय सहयोग गर्ने ।’ रोगले भन्दा भोकले मर्ने अवस्था आउन नदिन अभियानमा सबैले हातेमालो गर्नुपर्ने उनी बताउँछन् ।

लियो क्लव अफ भरतपुर युथले आफना सदस्यहरुबाट संकलन गरेको आर्थिक रकमबाट खाना खुवाएको हो । नदी किनारमा खाना पकाएर त्यहीँ वितरण गरीएको हो । खाना खान आउनेहरुलाई कोरोना संक्रमणबाट बच्न साबुन पानीले हात धुन र सफा मास्कको प्रयोग गर्न अनुरोध गरिएको लियो क्लव अफ भरतपुर युथका कोषाध्यक्ष अञ्जना जोशीले बताइन् । ‘समुदायमा कोरोना फैलिसकेको छ ,’ जोशीले भनिन् ,‘ कम्तीमा साबुन पानी र कपडाको सफा मास्क प्रयोगका लागि चेतना फैलाउनै पर्छ ।’

 



ट्रेन्डिङ