चितवनको कालिकामा सक्रिय कोरोना संक्रमित शुन्य

चितवनको कालिकामा सक्रिय कोरोना संक्रमित शुन्य

कालिका, १२ भदौं। कालिका नगरपालिकामा सक्रिय कोरोना संक्रमित शुन्यमा झरेको छ । नगरपालिका भित्र पाँच जनामा कोरोना संक्रमण देखिएको थियो । उनिहरु सबै निको भएर घर फर्किएको कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ गोपिले बताए ।

स्थायी ठेगाना कालिका ६ भए पनि एक जना प्रहरिलाइ काठमाडौमा कोरोना पुष्टि भएको थियो । चितवन घर आएर काठमाडौ फर्किए पछि उनको स्वाब परिक्षण गरिएकोमा उतै कोरोना संक्रमण पुष्टि भएको मेयर श्रेष्ठले बताए ।

चितवन घर आएका बेला उनिको सम्पर्कमा झन्डै ५० जना रहेका थिए । उनको सम्पर्कमा रहेका ४४ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको कालिका ६ का वडा अध्यक्ष बिनोद रेग्मिले जानकारी दिए । ती प्रहरीको घर रहेको टोलनै सिल गरेर सम्पर्कमा रहेकाहरुको पहिचान गरि परीक्षण गरिएको थियो ।

कालिका नगरपालिकामा पहिलो पटक जेठमा एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएक्लो थियो । हाल सम्म कालिका नगरपालिकामा ३२५ जनाको कोरोना परीक्षण गरिसकेको छ ।



ट्रेन्डिङ