लमजुङमा १२ प्रहरीसहित एक थुनुवामा संक्रमण पुष्टि

लमजुङमा १२ प्रहरीसहित एक थुनुवामा संक्रमण पुष्टि

पोखरा, १२ भदौं । लमजुङमा १२ प्रहरीसहित एकजना थुनुवामा कोरोना भाइरसको संक्रमण भएको छ ।  गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको पीसीआर परीक्षणमा २० जना संक्रमित थपिएका हुन् ।

जसमध्ये १२ जना लमजुङको वेँशीसहरमा कार्यरत नेपाल प्रहरीमा कार्यरत रहेको र एकजना थुनुवा रहेको जनाइएको छ । अर्को सोहि पालिका-८ का ४७ वर्षीय महिला लमजुङ जिल्ला सामुदायिक अस्पताल, वेँसीशहरमा कार्यरत कर्मचारी रहेको जनाइएको छ ।

त्यसैगरी अर्को एकजना नवलपुरको देबचुली-१ का ५४ वर्षीय महिला स्वास्थ्यकर्मी रहेका छन् । अन्य ५ जना कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका व्यक्तिहरु रहेको जनाइएको छ । उनीहरु सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको विज्ञप्तिमार्फत जनाइएको छ ।



ट्रेन्डिङ