भरतपुर अस्पतालमा संक्रमित महिलाले जन्माइन जुम्ल्याहा बच्चा

भरतपुर अस्पतालमा संक्रमित महिलाले जन्माइन जुम्ल्याहा बच्चा

चितवन, १२ भदौ। भरतपुर सरकारी अस्पतालमा कोरोना संक्रमित एक महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् । गोरखा नगरपालिका वडा नम्बर १० की ३७ बर्षीया महिलाले शल्यक्रिया मार्फत बच्चा जनमाएको अस्पतालका चिकित्सक डा.रामप्रसाद सापकोटाले जानकारी दिए । शल्यक्रिमा मार्फत जन्मेका जुम्ल्यहा छोरा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । भदौ ८ गते अस्पताल भर्ना भएकी महिलालाई भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

महिलाले जन्माएको बच्चालाई कोरोना नसरोस भन्दै अहिले छुट्टै राखिएको छ । डा. सापकोटाका अनुसार आमाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्र भेट्न दिइने छ । अस्पतालमा पछिल्लो एक हप्तामा गर्भवती महिलाको संख्या बढेपछि कोभिड र नन कोभिड ओटी स्थापना गरेर काम भइरहेकको छ ।

ओटीले मात्रै सम्भब नहुने भन्दै अस्पतालले छुट्टा छुट्टै ४ कक्ष निर्माण गरिरहेको छ । डा. सापकोटाका अनुसार अस्पताल भर्ना भएपछि कोरोनाको रिपोर्ट आउने बेला सम्मको लागि वेवटीङ रुम, संक्रमित आमाबाट जन्मेका शिशूहरुको लागि एनआइसीयू, ओटी तथा नर्मल डेलिभेरीको लागि छुट्टाछुट्टै कक्ष रहने छन् । अस्पतालले यसभन्दा पहिले पनि संक्रमित महिलाको शल्यायक्रिया मार्फत शिशूको जन्म भएको थियो ।



ट्रेन्डिङ