देशभर थपिए ९२७ संक्रमित, संक्रमितको संख्या ३६ हजार नाघ्यो

देशभर थपिए ९२७ संक्रमित, संक्रमितको संख्या ३६ हजार नाघ्यो

काठमाण्डौं, १२ भदौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ९२७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड( १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३३४ महिला र ५९३ पुरुष गरी ९२७ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ३५ हजार नाघेको छ । आजसम्म ३६ हजार ४५६ जनामा संक्रमण पुष्टि भएको छ । यीमध्ये १६ हजार १९ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा १६९ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या २० हजार २४३ पुगेको मन्त्रालयको तथ्यांक छ ।



ट्रेन्डिङ