संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६० सहसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६० सहसचिवको सरुवा

काठमाण्डौं, १० भदौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६० सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले केन्द्र तथा प्रदेशका विभिन्न मन्त्रालय, विभाग र निकायहरूमा कार्यरत ६० जना सहसचिवहरूको सरुवा गरेको हो ।

सरुवा भएकामध्ये प्रदेशका मन्त्रालयमा सचिवको जिम्मेवारीमा रहेका २७ जना प्रदेश सचिवहरू छन् । मन्त्रालयस्तरीय निर्णयले सहसचिवहरूलाई कामकाजमा खटाउने गरी सरुवा गरेको हो । २०७७ भदौ ९ गतेको निर्णयानुसार सह–सचिव वा सो सरहका कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।



ट्रेन्डिङ