चितवनमा थप १७ जनामा कोरोना संक्रमण देखिएको पुष्टि

चितवनमा थप १७ जनामा कोरोना संक्रमण देखिएको पुष्टि

चितवन,९ भदौं । चितवनमा थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । भरतपुर अस्पताल (कोभिड-१९ ) परीक्षण प्रयोगशालामा गएराति गरिएको परीक्षणमा चितवनका १५, मकवानपुरका १ र पूर्वी नवलपरासीको गैँडाकोटका १ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीका अनुसार संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै ९ जना छन् । उनीहरूमध्ये २ जना पुरुष र ७ जना महिला रहेका छन्। योसँगै चितवनमा कोरोना संक्रमितको संख्या ३ सय ८३ पुगेक‍ो छ ।



ट्रेन्डिङ