विदेशवाट आएकाहरुको पीसीआर रिपोर्ट नेगेटिभ भए सिधै घर जान पाउने

विदेशवाट आएकाहरुको पीसीआर रिपोर्ट नेगेटिभ भए सिधै घर जान पाउने

काठमाण्डौं,७ भदौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरूले होटल क्वारेन्टाइनमा बस्नुनपर्ने स्पष्ट पारेका छन् ।

विदेशबाट आउने नागरिकले होटल क्वारेन्टाइनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पीसीआर रिपोर्ट नेगेटिभ भएका सीघै घर जान पाउने स्पष्ट पारेका हुन् । सरकारले विभिन्न देशमा अलपत्र नागरिकलाई उद्धार गरी होटल क्वारेन्टाइनमा ७ दिन राख्ने निर्णय गरेको थियो । कोरोना संक्रमणको दर कम भएका र पीसीआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरूले पीसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरूले होटल क्वारेन्टिनमा बस्नुनपर्ने उनले बताए ।

‘जहाँ पीसीआर परीक्षण सहज हुन्छ र कोरोना संक्रमणको दर पनि कम छ त्यस्तो ठाउँबाट पीसीआर परीक्षण गरेका प्यासेन्जर बोकेर मात्र आउने । त्यसका लागि नियमित उडानहरू खोल्ने तयारी भएको छ १६ भदौ ९सेप्टेम्बर १० बाट । कुन कुन देशहरू भन्ने भोलि फाइनल सूची सार्वजनिक हुन्छ । ९मलेसिया युएइ, दक्षिण कोरिया, जापान, हङकङ लगायत हुन सक्छन्०ु उनले भने, ुपीसीआर गरेका यात्रुहरूले सरकारले बेवसाइटमा राखेको फर्म भर्नुपर्छ । नेपालको ठेगाना स्पष्ट लेख्नुपर्छ । र नेपाल आइसकेपछि एयरपोर्टबाट रिपोर्ट नेगेटिभ देखाउनुभयो भने १४ दिन आफ्नो घरमा होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धतासहित घर जान दिइन्छ ।’

पीसीआर परीक्षण सहज नभएका मुलुकहरूका लागि उद्धार उडान गरिने उनले बताए । पीसीआर परीक्षण नगरी नेपाल आउने नागरिकले होटल क्वारेन्टाइनमा बस्नुपर्ने उनको भनाइ छ । अर्को देशबाट आएर क्वारेन्टाइनमा बस्दा व्यक्तिले नै खर्च व्यहोर्नुपर्ने नियम विश्वका अन्य मुलुकमा समेत रहेको उल्लेख गर्दै उनले ११ हजारमा ७ रात र ८ दिनको होटल क्वारेन्टाइनमा बस्न सकिने बताए ।

‘सात रात र ८ दिनको प्याकेज ११ हजारमा हुन्छ । यदि एक कोठामा २ जना बस्ने हो भने । सिंगल बस्ने हो भने १७ हजार ५ सय हुन्छ । दिनको १५ सयको हाराहारीमा हुन्छ । होटलहरू स्वास्थ्य मापदण्ड पूरा गरेको हुनुपर्छ, गेट र कम्पाउण्ड भएको होटल, खुला ठाउँ भएको, सफा भएको, कोठामा टिभी र वाई फाई हुनुपर्छ । एट्याच ट्वाइलेट र बाथरुम हुनुपर्छ । तातोपानी पिउने व्यवस्था गर्नुपर्छ । ४ पटक खाजा र खाना दिनुपर्छ । त्योभन्दा महंगोमा बस्छौँ भन्नेका लागि २५ सय र ४ हजारभन्दा बढीका होटलहरू पनि छन्’ उनले भने ।

विदेशमा अलपत्र परेका, स्वदेश फर्किन सक्ने कुनै पनि आधार नभएका नागरिकलाई भने सरकारी खर्चमा उद्धार गरिने उनले बताए । ‘मान्छेहरूले भन्छन् सरकारले खर्च व्यहोर्नुपर्छ भनेर हो सरकारले व्यहोर्ने हो । तर कसका लागि भन्दा सक्दै नसक्नेका लागि । विदेशमा अलपत्र परेका, फर्कने कुनै आधार नभएका व्यक्तिहरूलाई श्रम कल्याणकारी कोषबाट सरकारले टिकट पनि काट्छ । यहाँ आएर होटल क्वारेन्टाइनको विषय पनि सरकारले व्यहोर्छ र पीसीआर खर्च पनि सरकारले व्यहोर्छ,ु उनले भने, ुत्यसका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको कूटनीति नियोगसँग समन्वय गरेर लिष्ट फाइनल गर्छ । त्यस्तै कुनै कम्पनीले आफ्नो कम्पनीबाट मान्छे पठाउँछ भने उहाँहरूले टिकट पनि काट्नुपर्छ । कम्पनीले नै क्वारेन्टाइन बस्दा लाग्ने खर्च व्यहोर्नुपर्छ । पीसीआर परीक्षण गरी पठाउँछु भन्यो भने पनि सरकारले त्यही अनुसार पनि उद्धार गर्छ ।’



ट्रेन्डिङ