हामी अरुभन्दा थोरै भिन्न छौंः नविन विडारी

हामी अरुभन्दा थोरै भिन्न छौंः नविन विडारी

विद्यार्थीहरु अझैपनि अष्ट्रेलिया तिर जान ललाहित भइरहेका छन् । यस्तो अवस्थामा अष्ट्रेलियामा रहेका विभिन्न संघसंस्था र परामर्श दिने परामर्शकर्ताहरु के भन्छन यो विषयमा पिविएम न्यूजकर्मीले E-Planet International का दुईजना परामर्शदाताहरुसँग गरेको कुराकानीको सारसंक्षेप ।

प्रश्नः स्वागत छ सरहरुलाई कार्यक्रममा ।
उत्तरः धन्यवाद ( दुवैजना )

प्रश्नः आजको कुराकानी सरहरुको परिचयबाटै सुरु गरौं?
उत्तरः नमस्कार म नवराज भट्टराई, यस शाखाको ( Admission officer ) तथा परामर्शकर्ता । (अर्का ) नमस्कार म चाहिँ नविन बिडारी E-Planet International  सँगनै आवद्ध छु ।

प्रश्नः नवराजसर सँग त पहिल्यै धेरैकुरापनि भइसक्यो, धेरै जानकारी उहाँले हामीलाई गराईसक्नुभएको छ । अब कुरागरौं नविन सरसँग, सर अब अहिलेको वर्तमान अवस्थामा विद्यार्थीलाई के कस्तो समस्या परेको देख्नुभएको छ ?
उत्तरः वास्तवमा वर्तमान समय एकदमै कठिन अवस्थाबाट गुर्जीएर यहाँ सम्म आइपुगेको हो । धेरै विद्यार्थीको काम गुमेकोले आफ्नो दैनिकी जीवन संचालनमा समेत समस्या पुगेको थियो । तर अहिले चाहिँ केहि सहजता भएको मैले महसुस गरेको छु ।

प्रश्नः विशेषत प्राय शहरमा अध्ययन गर्न आउने विद्यार्थीलाई तपाईहरु यहिँ ठाउँमा स्थापित भएको नेपालीको नाताले के कस्तो सहयोग गर्नुभएको छ ?
उत्तरः प्राय शहरमा अध्ययन गर्न आउने विद्यार्थीलाई हामीले विमानस्थालबाटै उनीहरुलाई लिएर, उनीहरुहरुलाई पायक पर्ने स्थानमा कोठा खोजेर राखिदिने, कामको खोजिको लागि सहयोग गर्ने र अन्य भैपरि आउने समस्यालाई आफ्नो तर्फवाट सकेको समाधान गर्ने कामहरु गर्दै आएका छौं ।

प्रश्नः पाँचवर्ष पहिले र अहिलेको पर्थमा के फरक देख्नुहुन्छ नविन सर ?
उत्तरः पहिला पहिला कम जनसंख्या, झन नेपाली मुलको नागरिक भेट्न निकै गाह्रो हुन्थ्यो । यसरी परामर्श दिने कन्सल्टेन्सीहरु पनि एउटा, दुईवटा मात्रै थियो । तर अहिले विद्यार्थीको चाप पनि बढेको छ र बजारमा थुर्पै कन्सलटेन्सी खुलेका छन् । जस्ले गर्दा विद्यार्थीहरु आफुले रोजेको र पायक पर्ने परामर्शकर्तासँग भेटेर परामर्श लिन सक्छन् ।

प्रश्नः अब तपाई आवद्ध भएको कन्सलटेन्सीकै विषयमा कुरा गरौं, E-Planet International नै किन रोज्ने ?
उत्तरः हामी अरु भन्दा भिन्न छौं । हाम्रो काम गराईको शैली फरक छ । हामी विद्यार्थीलाई सधै, साँचो बाटो र त्यहाँ आउन सक्ने चुनौती र अवसरलाई सजिलै चिर्न सक्ने बनाएर मात्रै उसको कामलाई अगाडी बढाउँछौं । त्यसैले काम गराईको शैलीमा सन्तुष्टि र उत्कृष्ट रिजल्ट प्राप्तीका लागि E-Planet International नै रोज्दा ठिक रोज्न भन्छौं ।

प्रश्नःविद्यार्थीको भविष्यको लागि के कस्तो भावि योजनाहरु तयार गर्नुभएको छ ?
उत्तरः अष्ट्रेलिया प्रवेश गरिसकेपछि विद्यार्थीहरु आफ्नो गन्तव्यमा पुग्नका लागि विभिन्न अवस्थाहरु पारगर्दै जानु पर्छ । जसमध्ये केहि खुड्किला सहज तुल्याउन उसलाई रजिष्टर माइग्रेसन ऐजेन्टद्धारा परामर्श दिलाउने लगायतका काम वर्तमान अवस्थामा गर्दैआएका छौं । यस्तै भविष्यमा चाहिँ विद्यार्थीलाई लक्षित गरि उनिहरुको सिप र कलालाई विकास गरी आयआर्जनको बाटोलाई पनि सहज तुल्याउने कोसिसमा हामी सम्पूर्ण टिम लागि परेका छौं ।

प्रश्नः अन्तममा मैले राखेको जिज्ञासामा कुनै टिप्पणी छ ?
उत्तरः त्यहिँ नै हो । अष्टेलियामा आइसकेपछि यहाँको कानुन राम्रोसँग भिजेर नियममा बाँधिएर काम गर्दा कुनै बाधा व्यवधान आउँदैन । आफु र आफ्नो परिवारको भविष्य सुनिश्चित गर्न चाहनुहुन्छ भने हामी E-Planet International टिम पनि सहयोग गर्न सदैव तयार रहन्छौं । मुख्य कुरा त यहाँको भिसाको शर्तहरु के के छन ? ख्याल गरेर काम गर्नुपर्यो, त्यस्तो कुनै कुरामा दुविधा भयो भने हामी लगायत हाम्रो टिम सदैव सहयोगका लागि तयारी अवस्थामा छौं ।



ट्रेन्डिङ