चितवनमा मात्रै आज विहानसम्ममा संक्रमितको संख्या ३ सय ६८ पुग्यो

चितवनमा मात्रै आज विहानसम्ममा संक्रमितको संख्या ३ सय ६८ पुग्यो

चितवन, ८ भदौं । चितवनमा मात्रै आज विहानसम्ममा संक्रमितको संख्या ३ सय ६८ पुगेको छ । आइतवार दिउँसो सम्ममा ३ सय ४२ जना संक्रमित रहेको चितवनमा आज विहान मात्रै २६ जनामा थप संक्रमण देखिएको छ । जसमध्ये २५ जना भरतपुर महानगरपालिकाका हुन भने एकजना खैरहनी नगरपालिकाका हुन।

चितवनमा सबैभन्दा धेरै संक्रमित भरतपुर महानगरपालिकामा २ सय २४ जना रहेका छन् । यस्तै कालिका नगरपालिकामा ५, रत्ननगर नगरपालिकामा १२, माडी नगरपालिकामा ४१, खैरहनी नगरपालिकामा १४, राप्ती नगरपालिकामा ७० र इच्छाकामना गाउँपालिकामा २ जना संक्रमित छन् । कुल संक्रमितहरु मध्ये २ सय ४४ जना अहिले सक्रिय संक्रमित हुन् ।

चितवनका ६ वटा स्थानीय तहमा सक्रिय संक्रमित छन् भने माडी नगरपालिकामा हालसम्म सक्रिय संक्रमित फेला परेका छैन । चितवनमा कोरोना संक्रमणबाट हालसम्म तीन जनाको मृत्यु भएको छ । जसमध्ये एक जना भरतपुर महानगरपालिका–११ का पुरुष, खैरहनी–३ की १०८ वर्षीया महिला र रत्ननगर–१३ का ६५ वर्षीय पुरुष हुन् ।



ट्रेन्डिङ