कालिकामा संक्रमित क्षेत्रका स्थानीयको स्वाव संकलन आजदेखि सुरु

कालिकामा संक्रमित क्षेत्रका स्थानीयको स्वाव संकलन आजदेखि सुरु

कालिका,८ भदौं । कालिका नगरपालिकाको वडा नं. ६ अन्तर्गत क्लब चोक क्षेत्रका स्थानीयको स्वाव संकलन आज देखि सुरुभएको छ । यस अघि एकजनामा संक्रमण देखिपछि सो क्षेत्र नै सिल गरिएको थियो । रेडक्रस ग्राममा स्वाव संकलनको काम सुरु गरिएको हो । आज ४० जनाको स्वाव संकलन हुने वडा नं. ६ का वडा अध्यक्ष विनोद रेग्मीले जानकारी दिए ।

स्वाव संकलनका लागि रेडक्रसग्राम पुगेका स्वास्थ्यकर्मीको टोलीलाई फुल र खादाले स्वागत सम्मान गरिएको छ । वडा अध्यक्ष सहित जनप्रतिनिधिले उनीहरुको मनोबल बढाउन फुलमाला र खादाले सम्मान गरेको हो । स्वास्थ्कर्मीसँगै एम्बुलेन्स चालक, सुरक्षाकर्मीलाई पनि यहाँका जनप्रतिनिधिहरुले स्वागत सम्मान गरेका छन् । महामारीको बेला आफ्नो स्वास्थ्यको समेत हेक्का नराखि आम नागरिकको सेवामा सक्रिय भएर जुट्ने गरेका कारण यिनीहरुलाई स्वागत तथा सम्मान गरिएको वडा अध्यक्ष रेग्मीले बताए ।

वडा नं. ६ का अन्य ठाउँ सँगै कालिका नगरपालिकाका विभिन्न ठाउँमा पनि यसैगरी क्रमस स्वाव संकलन हुँदैजानेछ ।

 



ट्रेन्डिङ