हामी विद्यार्थीको भविष्यको चिन्ता गछौंः नवराज भट्टराई

हामी विद्यार्थीको भविष्यको चिन्ता गछौंः नवराज भट्टराई

विभिन्न अवसरको खोजि तथा रोजगारीको सुवर्ण अवसर खोज्न विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या दिन दिनै बढ्दै गएको छ । कोभिड–१९ ले केहि असर गरे पनि नेपाली विद्यार्थी गुणस्तर शिक्षा र अवसरको खोजिमा विकसित मुलुक तिर जान भने अझै पनि लालहित भईरहेका छन् । कोहि विद्यार्थीहरु भिसाको पर्खाईमा बसिरेका छन् भने कोहि अन्र्तरराष्ट्रिय सिमाना खुल्ने दिनको पर्खाइमा छन् ।

नेपालबाट विश्वको करिब ६० वटा मुलुकमा विद्यार्थीहरु अध्ययनका लागि प्रस्थान गर्ने गर्दछन् । पछिल्लो समयमा उच्च शिक्षा अध्यायनका लागि जाने विद्यार्थीको रोजाईमा पर्ने देश हो अष्टे«लिया । विशेषगरि यस देशको विभिन्न राज्यहरुमा छरिएर रहेको गुणस्तरीय विश्वविद्यालय र कलेजहरुको बारेमा उपयुक्त सल्लाह, सुझाव र परामर्श दिने उद्देश्यका साथ सञ्चालन रहेको e-planet international नामक कन्सलटेन्सिका Admission officer तथा परमर्शकता नवराज भट्टराईसंगको छोटो कुराकानी यहा प्रस्तुत गरिएको छ । 

करिब १६ वर्ष अगाडीदेखि सञ्चालनमा आएको e-planet, अष्टेलिया सहित नेपाल र भारतमा पनि शाखा सञ्चालन गरिरहेको छ । विशेषगरी अष्टेलिया आएको बिद्यार्थीहरुलाई सजिष्टर माइग्रेसन एजेन्टबाट उचित परामर्श दिई उनिहरुको भविष्यको बाटोलाई सहज तुल्याउन आफु लगाएत आफ्नो सम्पूर्ण टिम सदैव तत्पर रहेको बताउछन् e-planet पर्थ शाखाका परामर्शकर्ता नवराज । नेपाल रहदा लामो समय शिक्षण पेशामा लाग्नु भएको उहाँले श्री राम नेशनल टेडर्स नामक कम्पनिमा Accountant को रुपमा समेत काम गरेको बताउनु भयो । करिब ३ वर्ष शिक्षण पेशामा संलग्न भएको भट्टराई बिद्यार्थीहरु प्रिय गरु बन्न सफल हुनु भएको थियो । आफु विद्यालय तथा कलेज अध्यायन गर्दा पढाईसंगसँगै अतिरिक्त कृयाकलापहरुमा पनि उत्तिकै अब्बल थिय भट्टराई । गजल तथा कविता लेखन र बाचनमा आफुलाई राम्रोसँग भिजाइ सकेका भट्टराइले कलेज तथा विद्याल्यमा खुव चर्चा कमाएका थिए ।

यसको अलबा, गाउँघरमा विद्यालय कलेजमा हुने प्रत्येक कार्यक्रममा राम्रो उद्घोषण गर्ने कलाले पनि उनले सबैको ध्यान आफुतिर केन्द्रित गर्न सक्थे तर अहिले चाहि अष्टेलिया आएपछि आफुले कुनै पनि कार्यक्रम उद्घोषण नगरेको र यदि यस्तो अवसर आएमा कार्यक्रम उद्घोषण गर्न पनि आफु तयार हुने कुरा बताए । उनै भट्टराईसँग अहिले पर्थ शहरको र विद्यार्थीको अवस्था, e-planet को कदम, कोभिड–१९ को बिद्यार्थीमा परेको असर, भिसाको लागि कानुनी प्रकिृया, लगाएको विषयमा गरिएको कुराकानिको केहि अ‍ैश यहाँ प्रस्तुत गरिएको छ – 


 – नेपाली बिद्यार्थीहरुलाई अहिले कोभिड–१९ ले कस्तो असर पारेको छ ?
असर पारेको छ भन्दा पनि असर पारेको थियो, अहिले चाहि पहिलाको तुलनामा कम असर देखिएको छ यद्यपि सबै कुरा नर्मल भएको चाहि होइन । धेरैको रोजगारी गुमेको कारणले दैनिक जिवन संञ्चालन गर्न समेत कठिन भएको थियो तर यस परिस्थितिमा यहा रहेका समाजसेवी हात तथा संस्थाहरुले आफुले सकेको सहयोग र साथ चाहिँ दिनु भयो बिद्यार्थीहरुलाई ।

– नेपाली बिद्यार्थीको रोजाईमा अष्टेलिया नै पर्नुको कारण ?
बढो रोचक प्रश्न सोध्नु भयो । खासमा मेरो रोजाई पनि अष्टे«लिया नै भयो र मेरो मानसपटलबाट हर्ने हो भने उच्च शिक्षासंगसँगै आफ्नो खुसी पुरा गर्न र साथै आफु र आफ्नो परिवारको भविष्य सुरक्षित बनाउन नै अष्टे«लिया रोज्छन् जस्तो लाग्छ । यसको अलवा यहाको नियम, सिस्टम, विबासका अवधारण यी पाटो पनि संगै छदै छन् ।

– वर्तमान अवस्थामा बिद्यार्थीहरुले सामना गर्नु पर्ने चुनौतिहरु के के छन् ?
त्यस्तो डरलाग्दो पार नै गर्न नसकिने भन्ने चुनौतिहरु त छैनन् । केहि बिद्यार्थी नेपालबाट एक्लै अब संघर्ष गर्छु भनेर यहासम्म आइसकेपछि जस्ता चुनौति पनि सजिलै पार गर्न सक्ने क्षमता उसँग हुन्छ । त्यहि हो अहिलेको परिस्थितिमा कामको अलि कति बढि प्रेसर छ । तर अहिले विस्तारै सबै ठिक भएको र बन्द भएको होटल, रेष्टुरा लगाएत सम्पूर्ण व्यवसाय खुलेको हुनाले, कामको लागि पनि केहि सहज भएको छ । अब बिद्यार्थी आफुले संघर्ष गर्न सुरु गरे पछि त हरेक चुनौति नै एउटा अबसर हो जस्तो लाग्छ मलाई ।

– मैले सुनेको कतिपय बिद्यार्थीहरुलाई काम लगाउने अनि भने जति रमक नदिने नेपालीले नै नेपाली बिद्यार्थी ठग्ने पनि गरेको छन् रे, यो कुरा कतिको साँचो छ ।
यो विषयमा कतिको साँचोपन छ भन्ने कुरा भोगेको व्यक्तिलाई थाहा छ होला । सायद यसो नहुनु पर्ने र यदि भएको नै रहेछ भने पनि यहा समाजसेवी, बुद्धिजिबिहरु जसले नेपाली समाजको प्रतिनिधित्व गरेर समस्या समाधानको बाटो खोजि रहनु भएको छ उहाँहरुले त्यस्तो मारमा परेको विद्यार्थीको उद्दार अवस्य गर्नु हुनेछ । यस विषयमा चाहिँ म यति नै भन्छु ।

– बिद्यार्थी भिसामा अष्टे«लिया आउँदा ध्यान दिनु पर्ने कुराहरु के के हुन् त ?
मुख्य कुरात आफु अध्यायन गर्न आउने विश्वविद्यालय वा कलेजको बारेमा राम्रोसँग बुझ्नु पर्यो । आफु कुन राज्यको कुन सहर जाँदै छु र त्यहाँ के कस्ता अवसर र चुनौति होलान भनेर, त्यहि भएको साथि भाई अथवा इष्टमत्रिसँग बुझ्नु पर्यो र त्यसको अलवा, कलेज तथा विश्वविद्यालयको नियम, कानुन र अनुशासन साथ साथै आफुले काम गर्न पाउने समय, पढाईको समय सबै कुराको परामर्श कन्सल्टेन्सी मार्फत लिएर आउँदा त्यति धेरै समस्या पर्छ जस्तो लाग्दैन मलाई ।

– बिद्यार्थी भर्ना गराउँदा कसरी गराउनु हुन्छ ?
यदि अष्टेलियन बजारको कुरा गर्ने हो भने, बिद्यार्थीहरु राम्रोसँग नबुुझी, उचित सल्लाह सुझाव नलिई आएको २ महिनामै प्रकिृया पुरा नगरी कलेज परिवर्तन गर्ने गरेको पाएको छु । त्यसो गर्नु सरासर गलत हो जसले गरेर भोलि उनिहरुको भविष्यमा ठूलो असर पर्छ । तर हाम्रो काम गराईको शैलि अलि फरक छ । म बिद्यार्थीलाई आफुले प्रत्यक्ष भेटेर उसको अवस्था बुझेर, उसले पढ्न चाहेको विषयमा कानुनी प्रकृया पु¥याएर मात्र भर्नाको कामलाई अगाडि सार्छु । यसो गर्दा उसको लागि भविष्यको बाटो सहज हुने कुरामा म विश्वस्त छु । यसको अलवा विद्यार्थीलाई उसले पढ्न चाहेको विषय र कलेजको पुरा जानकारी दिएर, उ आफु राजी भए पछि मात्र म फाइल अगाडी बढाउछु । बेला बेलामा कलेज तथा विश्वविद्यालयको प्रतिनिधिहरुसँग भेटेर बिद्यार्थीको लागि सहज वातावरण बनाउने कुरामा समेत म एकदम तत्पर रहन्छु ।

– अष्टेलिया आएर छोटो समयमा नै चर्चा कमाउनु भयो भन्ने सुनिन्छ नी के हो खास कुरा ?
(हाहाहा…. लामो हासेपछि) , अ, हो मैले पनि त्यस्तै सुनेको छु कुरा बजारमा । खासमा आफ्नो क्षेत्र पनि त्यस्तै छ, सबैसँग भिज्नै पर्यो, बिद्यार्थीहरुलाई परामर्श दिने, कलेज तथा विश्वविद्यालयमा भिजिट गर्ने र सामुदायिक कार्यक्रममा सहभागि हुने मौका मिलिरहेको सबैतिर चिनजान राम्रो भएको चाहिँ हो । अनि यो हुनुमा सम्पूर्ण श्रेय चाहि e-planet टिम लगाएत हाम्रो नयन लामिछाने, नविन विडारी र नारायण खनाल सरहरुलाइ दिन्छु ।

– उचित परामर्श नपाउँदा कतिपय बिद्यार्थीहरुको भिसामा समस्या परेको भन्ने नि सुनिन्छ नी ?
यो कुरा एकदमै साँचो हो । दक्ष परामर्शकर्ता र रजिस्टर माइग्रेसन एजेन्टको सल्लाह बिनानै काम गर्दा यस्तो समस्या आउँछ । धेरै नेपाली विद्यार्थीहरु चिने जानेको, मेरो गाउँको दाई, मेरो मामाको छोरा आदिको नाताले गर्दा परामर्श लिन पुग्छन् र उनिहरु दक्ष नभएको खण्डमा कहिँ कतैबाट सानो साने कुराले भिसामा समस्या आउँछ । यस्तै चिने जानेको र नाताको कारणले उनिहरु क्स्ता व्यक्तिसँग वा संस्थासँग सल्लाह लिदै छु भन्ने कुरामा समेत आफु सजक हुदैँनन् । यस्तो समइा नपरोस भनेर हामीले अष्टे«लियाको प्रत्येक शाखामा एक जना रजिष्टर माइग्रेसन ऐजेन्ट र कम्तिमा २ जना दक्ष शैक्षिक परामर्शकर्ता नियुक्त गरेर राखेका छौं । जसले सबै भिसाको फाइलहरुको काम गर्नु हुन्छ ।

– अन्तमा केहि भन्नु छ ?
त्यहि नै हो, अष्टेलियामा प्रवेश गरी सके पछि होस या आउने तयारी गर्दा गर्दौ आफ्नो दिमाखमा यहाको पढाइको वातावरण, कामको शैलि, नियम, कानुन सबै कुराको जानकारी राख्नु पर्यो र राष्ट्र र परिवारको भविष्य मै हुँ, मैले नै केहि गर्नुपर्छ भन्ने सोच र आँट भयो भने आफ्नो लगाएत सम्पूर्ण परिवारको भविष्य सुनिश्चित हुने कुरामा कुनै दुबिधा नै हुँदैन । यति कुरा ख्याल गरेमा भबिष्यमा पछुताउनु पर्दैन ।



ट्रेन्डिङ