काठमाडौं र भक्तपुरका अस्पतालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

काठमाडौं र भक्तपुरका अस्पतालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

काठमाण्डौं, ७ भदौं । कोरोना संक्रमणबाट नेपाल थप २ जनाको मृत्यु भएको छ । भक्तपुरस्थित शहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रमा उपचाररत ५४ वर्षीय पुरूष र काठमाडौंको ह्यम्स हस्पिटलमा उपचाररत ५८ वर्षीय पुरूषको मृत्यु भएको हो ।

डाइलाइसिस गर्न आइतबार अस्पताल पुगेका बुटवल-११ घर भएका पुरूषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनको उपचारमा २ चिकित्सकसहित ४ जना नर्स संलग्न रहेको बताइएको छ ।

यसैगरी ह्याम्स हस्पिटलमा मृत्यु भएका पुरूष स्टोन अपरेसनका लागि अस्पताल भर्ना भएका अस्पतालले जनाएको छ ।



ट्रेन्डिङ