२४ घण्टाको अवधिमा देशभर थप ६३४ जनामा कोरोना,संक्रमित ३१ हजार नाघे

२४ घण्टाको अवधिमा देशभर थप ६३४ जनामा कोरोना,संक्रमित ३१ हजार नाघे

काठमाण्डौं,६ भदौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप ६३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । शुक्रबार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड( १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १८२ महिला र ४५२ गरी ६३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । यीमध्ये १२ हजार ६२१ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ८ हजार ७०५ संस्थागत आइसोलेसनमा छन् भने ३ हजार ९१६ जना होम आइसोलेसनमा छन् ।



ट्रेन्डिङ