भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३ जनामा पोजिटिभ

भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३ जनामा पोजिटिभ

चितवन, ६ भदौं । चितवनको भरतपुर अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना भाइरस (कोभिड१९) पोजिटिभ देखिएको छ । २ सय ७० नमुना परीक्षण गर्दा शुक्रबार साँझ थप ३३ जनाको नतिजा पोजिटिभ आएको हो ।

नयाँ संक्रमितमा चितवनका २० जना रहेका छन् भने नवलपुर, बारा, पर्सा र मकवानपुरका गरी ८ र बाँकेका ५ जना रहेका प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले दिइन् ।

उनका अनुसार चितवनका नयाँ संक्रमितमा भरतपुर महानगरपालिकाका १६ जना छन् भने राप्ती नगरपालिकाका ४ जना रहेका छन् ।



ट्रेन्डिङ