बुबाको सम्मानका लागि बा नामको चलचित्र निर्माण हुने

बुबाको सम्मानका लागि बा नामको चलचित्र निर्माण हुने

चितवन, ५ भदौं । बुबालाई भगवानको दर्जा दिइन्छ । जिउँदो भगवानको रुपमा बुबालाई लिइन्छ । आफ्ना सन्तानका लागि हरेक बुबाले संसारका सबै दुख भुल्ने गर्दछन् । हो यहि बुबाको सम्मानमा निर्देशक एभरेष्ट सूर्य बोहराले बा नामको चलचित्र बनाउने तयारी गरेका छन् । बुबाको मुख हेर्ने दिनको अवसरमा चलचित्र विकास बोर्डमा बा नामको चलचित्र दर्ता समेत गराइसकेका छन् ।

कोरोना महामारीका कारण चलचित्रको छायांकन रोकिएका छ । थोरै अवस्था सहज भए लगतै निर्माणको काम सुरु हुने निर्देशक बोहराले जानकारी दिए । यो बीचमा चलचित्रको विषयमा थप अध्ययन अनुसन्धान देखि स्कृप्ट फाइनल गर्ने काममा भइरहेको छ । आउँदो मंसिरमा छायांकन सुरु गर्ने तयारी भइरहेको समेत उनले बताए । चलचित्रमा बाबुको संघर्ष, त्याग र बलिदान प्रस्तुत गरिने बताइएको छ ।

लम्जुङ र मनाङका विभिन्न स्थानमा खिचिने चलचित्रका कलाकारको छनौट कार्य भइरहेको निर्देशक बोहराले बताए । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।पटकथा सह लेखनमा निर्देशक बोहरालाई अभिमन्यु निरवीले सघाएका छन् ।

चलचित्रका गीतमा राजनराज शिवाकोटी, यम बराल र एलिस कार्कीको संगीत रहनेछ । ‘आमालाई धर्ती मान्नेले बाबुलाई कहिल्यै आकाश मानेनन्’, निर्देशक बोहरा भन्छन्, ‘वर्षौदेखि मलाई यो कुराले झक्झक्याइ रहेको छ । त्यसैले बाबुको योगदान र महत्वलाई चलचित्रबाट दर्शाउने छु ।’उनले भने ।



ट्रेन्डिङ