सरकारी नेकपा भित्रको अन्तरविरोध र त्यसको सारतत्व

सरकारी नेकपा भित्रको अन्तरविरोध र त्यसको सारतत्व

अशोक शर्मा
यतिबेला सरकारी नेकपा भित्रको अन्तरविरोधको सर्वाधिक चर्चा छ। उक्त अन्तरविरोधको अन्तर्य के मा अन्तरनीहित छ भन्ने कुराको बौद्विक बहसमा मुलुकको एउटा ठूलै हिस्सा अन्तरक्रियात्मक छ। कतिपयले यो प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालवीचको पदीय स्वार्थमा आधारित छ भनेका छन भने कतिपयले पार्टीभित्र केपी ओलीको एकलौटी हस्तक्षेप र अर्का समुहको अस्तित्वसंग जोडिएको गुटगत मामिला भएको बताउँदै आएका छन।

यो अन्तरविरोधलाई राष्ट्रियतासंग जोडेर हेर्नेहरु पनि छन। उनीहरुको तर्क के छ भने, केपी ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नक्सा प्रकाशित गरेपछि भारतीयहरुले ओली सरकार ढाल्न रचेको रणनीति हो भन्ने रहेको छ।खासगरी कन प्रधानमन्त्री केपी ओली निकटका मान्छेहरुवाट यसप्रकारका तर्कहरु आइरहेको देख्न पाइन्छ। यसलाई केही समय अगाडि एउटा कार्यक्रममा स्वयं प्रधानमन्त्रीले समेत उक्त कुरा बताएपछि उनी निकटका समर्थक कार्यकर्ता र मिडियाहरुले समेत यसलाई ओली सत्ता टिकाउने बलियो रक्षाकवचको रुपमा प्रयोग गर्दै आइरहेको देख्न सकिन्छ ।

त्यस्तैगरि पार्टी अध्यक्ष प्रचण्ड र बरिस्ठ नेता माधव कुमार नेपाल पार्टी भित्रको अन्तरविरोध पद र सत्ताको निम्ति नभएर विधि पद्धति र अनुशासनको पुनःस्थापनको लागि भएको र त्यसका लागि प्रधानमन्त्री केपी ओली सबैभन्दा बढी बाधक रहेकोले उनलाई प्रधानमन्त्री र पार्टी अध्यक्षवाट राजिनामा माग्न बाध्य भएको बताउदै आइरहेका छन। यस विषयमा यहाँ बुझ्नैपर्ने कुरा के छ भने अहिले सरकारी नेकपा भित्रको अन्तरविरोध कुनै दुइलाइन संघर्ष नभएर स्वार्थकेन्द्रित गुटगत टकराव वाहेक अरु केही देखिदैन ।

मार्क्सवाद, लेनिनवाद,माओवादको सार्भभौमिक सिद्धान्तकोको जगमा नेपाली माटोमा मालेमावादको रक्षा प्रयोग र विकाश गर्दै मानवसमाजको सर्वाधिक नयाँ उच्च र विशिष्ट साम्यवादी समाजको सपना बोकेर महान जनयुद्धको प्रक्रियाबाट तेह्रहजारभन्दा बढी नेपाली आमाका छोराछोरीको बलिदानवाट सर्वहारा बर्गको मुक्ति र स्वतन्त्रताको नेतृत्व गर्दै खाएको माओवादी पार्टीलाई नयाँ जनवादी क्रान्तिको प्रक्रियावाट योजनावद्व अलग गराइ निर्लज्ज तथा नग्न ढंगले संसदवादीमा पतन भई प्रतिक्रियावादीहरुसंग आत्मसमर्पण गर्ने प्रचण्डहरुवाट अब दुई लाइन संघर्षको आशा गर्नु बेकारको कुरा मात्र हो।

जसले आज संसदवादमा पतन हुँदै एमालेसंग मिल्ने नाममा माओवाद, नयाँ जनवाद, सर्वहारा वर्ग, सर्वहारा अधिनायकत्व, वलप्रयोगको सिद्धान्त, सर्वहार सांस्कृतिक क्रान्ति र त्यसको मूल्य मान्यता, मालेमावादले निर्दिष्ट गरेको आदर्श, कार्यदिशा, कार्यक्रम, आचरण र कार्यशैली सबै सबैलाई स गौरब संसदवादमा पतन गराएको छ। तसर्थ आफै सहभागी भएको ऐतिहासिक झापा विद्रोहलाई तथानाम गालि गर्दै आईरहेको तत्कालीन एमाले र ओली नेतृत्वको गद्दार गुठ संग जनयुद्धका सम्पूर्ण मूल्य मान्यता परित्याग गरि बलिदानको गौरबमय गर्भवाट विकास भएको पार्टी विलय गराएपछि अब के को लाइन संघर्ष ?

आज नेकपाभित्र कुनै दुई लाइन संघर्ष नभएको र त्यसले पार्टीलाई समाप्तिकरणतिर लगिरहेको कुरा स्वयं उनीहरुकै पार्टीका कतिपय नेताकार्यकर्ताले गरिरहेका छन। यस विषयमा त्यो पार्टीभित्र माओवादर एक्काइसौं सताब्दिको जनवाद र जनताको बहुदलीय जनवादको बारेमा बहस गर्न माग पनि हुदै आएको देखिन्छ। खासगरिकन कतिपय पुर्व माओवादी केन्द्र र कतिपय पुर्व एमालेका नेताकार्यकर्ताहरुको झिनो स्वरले यो बिषय उठाउन खोजे पनि बहसलाई यतातिर जान नदिन स्वयं ओली र प्रचण्ड नै लागि परिरहेका छन।

पार्टीभित्र बैचारिक हिसाबले दुईलाइन संघर्ष संचालन नगरि सत्तास्वार्थलाई केन्द्रमा राखेर गरिएको विचारशुन्य पार्टीमा दुइलाइन संघर्ष चल्यो भने अनैतिक र अराजक गुट चलाएर नीहित स्वार्थ पूरा गर्न सकिदैन भन्ने दुबै अध्यक्षलाई लागेको कारण अब पनि नेकपामा दुइलाइन संघर्ष चल्ने कुनै सम्भावना देखिदैन । यहाँ स्मरणीय कुरा यो छ कि यदि त्यहाँ (नेकपा भित्र) दुइलाइन संघर्ष चल्यो भने प्रचण्डले अवसर र सुविधा नदिएको गुनासो गरेर उनीसँग असन्तुष्ट पुर्व माओवादी केन्द्रका अवसरवादी नेता कार्यकर्ताले आफुलाई सहयोग गर्दैनन् कि भन्ने ओलीलाई ठुलो भय छ। उता प्रचण्डलाई पनि दुइलाइन संघर्षको मुहान संधैका लागि बन्द गरेर ओलीबिरोधि पुर्व एमाले नेताकार्यकर्तालाई आफ्नो समर्थनमा राखिरहनु परेको छदैछ । यो स्थितिबाट हेर्दा सरकारी नेकपामा दुइलाइन संघर्ष न आज छ न भविष्यमा नै सन्चालन हुने संभावना छ।

मार्क्सवादले पदार्थको विकासमा गतिको भुमिकालाई अनिवार्य ठान्दछ। बिचारमा हुने दुइलाइन संघर्षलाई यसले कम्युनिस्ट पार्टीको गतिशील जीवनको मुल आधार ठान्दछ।कम्युनिस्ट पार्टीमा चल्ने एकता संघर्ष रुपान्तरण भनेको छलफल वहस निष्कर्ष अथवा वाद विवाद संवाद हो र सारमा द्वन्द्ववाद हो। तर अहिले डवल नेकपामा न विचार छ न द्वन्द्ववाद नै छ। न त्यहाँ वाद विवा संवादको स्वस्थ र मैत्रीपूर्ण तरिका छ न छलफल वहस निष्कर्षको सर्वहारावर्गीय संस्कृति नै छ। छ त केवल एकता संघर्ष रुपान्तरण रहित गन्तव्यहीन यात्रीले भरिएको अनुशासनहीन र अराजक भीडले वितण्डामच्चाइराखेको अकर्मणय गतिहीन र दिशावीहिन हाटबजार जस्तो कथित पार्टी त्यो पनि कम्युनिस्ट नामधारि यश प्रकारको पार्टी फुट्नु र नफुट्नु रहनु र नरहनु संग आम नेपाली जनसाधारणलाई कुनै अर्थ र औचित्य छैन।

सारत ओली सरकार इतिहासकै सबैभन्दा धेरै कलङ्कित सरकार सावित भएको छ।यसलाई काण्डै काण्डको सरकारको रुपमा जनताले चिन्दै भोग्दै र बेहोर्दै आएका छन। तेतिस किलो सुन काण्ड, वाइटवडि काण्ड, एनसेल काण्ड, बालुवाटार काण्ड, गुठी विधेयक काण्ड, दल विभाजन विधेयक काण्ड, एति काण्ड, ओम्नी काण्ड लगायतका जनजीविका र जनतन्त्रविरोधि गनिनसक्ने अनगिन्ती काण्ड र अपराधहरुको चाङमा वसेर ओली देश र जनतामाथि गैरजिम्मेवार ढंगले शासन चलाइरहेका छन।

राष्ट्रियताको सवालमा पनि ओली र ओली सरकार कलङ्कित र निम्छरो सावित भयो। आफु प्रधानमन्त्री हुने बित्तिकै उपचारको बहानामा सिंगापुर गएका ओली योजनावद्व त्यहाँबाट दिल्ली गए। दिल्लीको रहस्यमय भेटघाटका कुरा मोदीलाइ जनकपुरमा नागरिक अभिनन्दन गरि जनकपुरको चावि बुझाउदै जानकी मन्दिरमा भारतको झण्डा राख्ने राष्ट्रघाती कुकर्म संग मात्र सिमित नभई नेपाली भुमिमा भारतीय (राजस्थानी) पहिरनमा रामयण सर्किटको उदघाटन गरि काठमाडौंमा आएर अपर कर्णाली सिल्यन्यास गरि त्यहाको सार्वभौमसत्ता बुझाउने कुकर्म सम्म पुग्यो।

दिल्लीबाट नेपाल आउँदा र त्यतिविधि राष्ट्रघाती कुकर्ममा लागिरहेका ओलीलाई उनको पार्टीले बिरगंजको छपकैयामा भारतले त्यतिखेरै अतिक्रमण गरिको भुमि फिर्ता गर्ने कुरा गर्न दवाव दियो न त ओलीले नै यो विषयलाई प्राथमिकता दिए। बरु नापी विभागले त्यो भसमि भारतकै हो भनेर प्रष्टिकरण दिदा चुपचाप सुनेर बसे।



ट्रेन्डिङ