कालिकामा संक्रमण पुष्टिभएको व्यक्तिको टोलनै सिल, समुदायमा फैलिएको हुनसक्ने आशंका

कालिकामा संक्रमण पुष्टिभएको व्यक्तिको टोलनै सिल, समुदायमा फैलिएको हुनसक्ने आशंका

कालिका,५ भदौं । पूर्वी चितवनको कालिका नगरपालिका-६, क्लबचोक घर भएका १ प्रहरीमा कोरोना संक्रमण पुष्टी भएसङै सो क्षेत्रलाई सिल गरिएको छ । चितवन प्रशासनले संक्रमण समुदायमा फैलिन नदिन सूचनानै जारी गरेर सो क्षेत्रलाई सिल गर्न निर्देशन दिएको हो ।

कालिका नगरपालिकाको वडा नं. ६ क्लबचोक स्थित स्थायीघर भएका २८ वर्षका पुरुषमा संक्रमण पुष्टि हो । साउनको अन्तिम साताघरमा बसि काठमाण्डौं गए पश्चात भदौं २ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । उनको घरका ४ जना सदस्यहरु आफन्तजन लगायत त्यस टोलका सम्पूर्ण व्यक्तिलाई होम क्वारेन्टिनमै बस्न सुझाव दिँदै वडाले क्लबचोक देखि रेडक्रसग्राम सम्म र बम्जन राईस मिल देखि रेडक्रसग्राम स्कुल चोक भित्रको क्षेत्रलाई अर्को सूचना जारी नभए सम्मका लागि सिल गरिएको वडा अध्यक्ष विनोद रेग्मीले जानकारी दिए । कोरोनाको संक्रमण समुदाय सम्म फैलिन नदिनका लागि जोखिम क्षेत्रमा सिल गर्न वडा अध्यक्ष आफै खटिएका थिए ।

संक्रमित ति नगर प्रहरी कार्यालय भृकुटीमण्डप, काठमाडौंमा कार्यरत्त छन् ।  संक्रमितको सम्पर्क भएका उनका साथी, आफन्त र गाउँलेगरी ३१ जनाको आजै कन्ट्याकट ट्रेसिङ भएको कालिका नगरपालिका, जनस्वास्थ प्रमुख दिपक भण्डारीले जानकारी दिए । उनका बुबाले काम गर्ने रत्ननगर १५ को माधवपुर स्थित ढकाल फर्निचर उधोग र उनको ससुराली भरतपुर १६ बिजयनगर, ढड्डाघारी क्षेत्रमा पनि कन्ट्याकट ट्रेसिङ र सचेतनाको लागि जनस्वास्थ कार्यालय मार्फत जानकारी गराइएको भण्डारीले जानकारी दिए ।

कोरोना संक्रमीत पुरुष गत साउन २९ गते घर आएका उनी अस्ति भदौ ३ गते बुधबार कार्यालय पुगेका थिए । ४ दिनको बिदामा आएका उनको कार्यालयमा हाजिर हुनु भन्दा अगाडि कोरोना परीक्षण गर्ने क्रममा हिजो कोरोना संक्रमण पुष्टी भएको हो ।  हाल उनी बिरेन्द्र प्रहरी हस्पिटल महाराजगन्जको आइसोलेसनमा रहेका छन । उनको स्वास्थ्य अवस्था सामान्य छ ।



ट्रेन्डिङ