पीसीआर परीक्षणमा मात्र सकियो ३ अर्ब १८ करोड सरकारी पैसा

पीसीआर परीक्षणमा मात्र सकियो ३ अर्ब १८ करोड सरकारी पैसा

काठमाण्डौं,५ भदौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजसम्म ५ लाख ७९ हजार ८ सय ९९ पीसीआर परीक्षण गर्दा ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पीसीईबाहेक पीसीआर परीक्षणमा मात्र उक्त रकम खर्च भएको हो ।

एक जनाको पीसीआर परीक्षण गर्न ५ हजार ५ सय रुपैयाँ खर्च हुने गरेको उनले बताए । ३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेर ५ लाख ७९ हजारभन्दा बढी पीसीआर परीक्षण गर्दा ३० हजार ४ सय २३ जनामा मात्र कोरोना पोजिटिभ देखिएको उल्लेख गर्दै उनले एउटा पोजिटिभ केस भेट्टाउन १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च सरकारले गरिरहेको बताए ।

१ जना संक्रमितलाई १ महिना आईसीयूमा राखेर उपचार गर्दा ४ लाख ५० हजार रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको प्रवक्ता डा। गौतमले बताए । निषेधाज्ञा जारी भएका क्षेत्र र अन्य क्षेत्रमा अनावश्यक घरबाहिर ननिस्किन पनि उनले आग्रह गरेका छन् ।



ट्रेन्डिङ