कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं ४ भदौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा काठमाडौं, मकवानपुर, सप्तरी र पर्साका रहेका छन् ।

उनका अनुसार काठमाडौंका एक महिला, मकवानपुरका एक पुरुष र सप्तरीका एक पुरुष र पर्साका एक महिला र दुई पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।



ट्रेन्डिङ