प्रहरीलाई हातपात गरेको आरोपमा दुईजना पक्राउ

प्रहरीलाई हातपात गरेको आरोपमा दुईजना पक्राउ

ललितपुर ४ भदौं । ललितपुर महानगरपालिका-९ बालकुमारी पुलबाट ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पाटन सुन्धारा बस्‍ने मकवानपुर ईन्द्रसरोवर गाउँपालिका(३ घर भएका २५ वर्षीया नविन तामाङ र सोही ठाउँ बस्‍ने १८ वर्षीय किशोर रहेका छन् ।

बालकुमारीबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरुलाई सोधपुछ गर्ने क्रममा एक्कासी प्रहरीलाई हातपात गरपछि पश्चात उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कुटपिटबाट घाइते भएका २ जना प्रहरी कर्मचारीहरु बी एण्ड बी अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।



ट्रेन्डिङ