अलविदा राष्ट्रकवि माधवप्रसाद घिमिरे, हामी सधै सम्झिरहनेछौं

अलविदा राष्ट्रकवि माधवप्रसाद घिमिरे, हामी सधै सम्झिरहनेछौं

काठमाण्डौं २ भदौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उनको १ सय १ वर्षको उमेरमा आज आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । परिवारले  जनाएअनुसार उनी केही समयदेखि अस्वस्थ थिए । घरमै आराम गर्दै उपचाररत उनको आज साँझ ५ -५५ बजे निधन भएको हो ।

१९७६ सालमा लमजुङमा जन्मिएका घिमिरे नेपाली छन्दकवितामा अग्रणी कवि हुन् । उनका गौरीु शोककाव्य, राष्ट्र निर्माताु खण्डकाव्य, मालती-मङ्गलेु गीतिनाटकलगायत प्रसिद्ध छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरे अघिल्लो पुस्ताका मात्रै होइन पछिल्लो पुस्ताका पनि प्रिय कवि थिए । उनले सृजनाहरुले राष्ट्रकवि घिमिरेलाई हामीबीच सधै जिवित नै राख्नेछ । हामी सधै सम्झिरहनेछौं ।



ट्रेन्डिङ