निषेधाज्ञा मान्नुपर्दैन चितवनका बैंकहरुले ?

निषेधाज्ञा मान्नुपर्दैन चितवनका बैंकहरुले ?

चितवन २ भदौं । कोरोना संक्रमण समुदाय सम्म फैलिन सक्ने सम्भावनालाई लक्षित गरेर माडी बाहेक चितवनमा निषेधाज्ञा जारी गरेको छ । यहाँका उद्योग कलकारखाना, बजार व्यवसाय पूर्ण रुपमा ठप्प पार्ने गरी प्रशासनले निषेधाज्ञा जारी गरेको हो । बैंक तथा वित्तियसंस्थाहरु समेत निषेधाज्ञाको बेला खुल्न नपाउने प्रशासनको निर्णयमा छ ।

कर्मचारीहरु बाहिर भित्र गर्न नपाउने भनिएको छ । तर निषेधाज्ञाका बीचपनि नारायणगढ क्षेत्रका केहि बैंक तथा केहि वित्तियसंस्थाहरु खुलेको पाइएको छ । कर्मचारीलाई बैंक खोल्न दवाव दिइरहेको कर्मचारीहरुले गुनासो गरेका छन् । जोखिमका बीच माथिल्लो पदमा कार्यरत्त कर्मचारीहरुले बैंकमा बसेर काम गर्न दवाव दिइरहेका छन एकजना कर्मचारीले दुखेसो पोखें । सेवाग्राही नभए पनि दिनभर बैंकमै बसेर आन्तरिक काम गर्न दवाव दिने गरेको कर्मचारीहरु बताउँछन्।


उसो त चितवन प्रशासनले निषेधाज्ञा जारी गरेपनि अनुगमनको पक्ष फितलो देखिएको छ । जसका कारण नारायणगढ क्षेत्रका बैंक तथा केहि वित्तिय संस्थाहरु अहिलेपनि खुल्ला नै छ ।
दिनभर कामगरेर साँझ ६ बजे पछि पसलहरु खुलेसँगै अफिसबाट निस्किएर घर पुग्ने गरेको ति कर्मचारीले बताए । नाम प्रकाशित नगर्ने शर्तमा उनले आफुहरुमाथी माथिल्लो कर्मचारीहरुले बैंक खोलेर कामगर्न दववा दिइरहेको बताए ।

यो विषयमा चितवन प्रशासन बेखबर छ । प्रशासनले बैक भित्र कामगर्ने कर्मचारीहरु बाहिर निस्किन नपाउने बताएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बैंक तथा वित्तिय संस्थाहरु सबै बन्द गर्न निर्देशन दिएको बताए । बजार क्षेत्रमा बैंकहरु खुल्ला भएको सूचना अहिले सम्म प्राप्त नभएको उनको भनाई छ ।



ट्रेन्डिङ