काभ्रेको धुलिखेल अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु

काभ्रेको धुलिखेल अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु

काभ्रे २ भदौं । काभ्रेको धुलिखेल अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाका अनुसार धुलिखेलका ९८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा २७ साउनमा कोरोना पुष्टि भएको थियो ।

अस्पतालका अनुसार मृत्यु भएका वृद्ध मधुमेह र दमका रोगी थिए ।



ट्रेन्डिङ