भरतपुर सेन्ट्रल हस्पिटलका तीन जना नर्ससहित पाँच जनामा संक्रमण पुष्टि

भरतपुर सेन्ट्रल हस्पिटलका तीन जना नर्ससहित पाँच जनामा संक्रमण पुष्टि

भरतपुर, २ भदौं । भरतपुरमा थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका वडा नम्वर ५, ७, ८ र १० का ४ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुको भरतपुर अस्पताल र सेन्ट्रल अस्पतालबाट नमुना संकलन गरिएको थियो । भरतपुर सेन्ट्रल हस्पिटलका तीन जना नर्ससहित पाँच जना संक्रमित छन् । दुई जना सफाइ गर्ने सहयोगी हुन् ।

यस्तै कोभिड १९ प्रयोगशालामा गरिएको नमूना परीक्षणका क्रममा मकवानपुरका १, बाराका २ र गोरखाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुरको सेन्ट्रल अस्पताल, आशा अस्पताल र पुष्पाञ्जली अस्पतालबाट नमुना लिइएको थियो ।

सोमबार परीक्षण गरिएका ३५५ नमुनामध्ये ३०५ वटा नमुनाको नेगेटिभ रिपोर्ट आएको छ ।

चितवनमा ४६ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ सय ५५ पुगेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जुन अस्पतालमा संक्रमित छन् उनीहरुलाई सोही अस्पतालमा राख्न निर्देशन दिएको छ । भरतपुर अस्पतालमा संक्रमितले शय्या भरिएका कारण थप संक्रमित राख्न सक्ने अवस्था छैन ।



ट्रेन्डिङ