नेपाल विद्युत् प्राधिकरण गत आर्थिक वर्षदेखि पौने ५ अर्ब सञ्चिति नाफामा

नेपाल विद्युत् प्राधिकरण गत आर्थिक वर्षदेखि पौने ५ अर्ब सञ्चिति नाफामा

काठमाडौँ २ भदौं ।दैनिक १८ घण्टा सम्म लोडसेडिङ भोगेका नेपालीहरु विगत केहिवर्ष यता लोडसेडिङको समस्यावाट मूक्त भएका छन् । विद्युत प्राधिकरणमा कुलमान घिसिङले नेतृत्व गरेयता लोडसेडिङ अन्त्य भएको हो । कुलमान घिसिङआए यता लोडसेडिङ त हट्यो नै बार्षिक ५ अर्ब रुपैयाँ नाफा गर्ने संस्थाको रुपमा प्राधिकरणले वेग्लै इतिहास रच्न सफल भएको छ । सधै घाटामा गएको विद्युत प्राधिकरण नाफासँगै आम नागरिकलाई विजुली वत्ति दिन सफल भएको भन्दै सामाजिक संजालमा कुलमान घिसिङलाई बधाई र शुभकामना दिनेको ओइरो छ ।

विद्युत प्राधिकरणको पछिल्लो उपलव्धि यस्तो छ –

चार वर्षअघिसम्म ४३ अर्ब ६१ करोड सञ्चिति घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण गत आर्थिक वर्षदेखि पौने ५ अर्ब सञ्चिति नाफामा गएको छ । प्राधिकरणको ३५ औं वार्षिकोत्सवका अवसरमा सोमबार सार्वजनिक वित्तीय विवरणअनुसार प्राधिकरण आर्थिक वर्ष ०७६/७७ देखि ४ अर्ब ८७ करोड सञ्चिति नाफामा गएको हो ।

आर्थिक वर्ष ०७२/७३ मा प्राधिकरण ३४ अर्ब ६१ करोड सञ्चिति घाटामा थियो । सरकारले ०६७/६८ सम्म रहेको प्राधिकरणको करिब २७ अर्ब रुपैयाँ सञ्चिति घाटा अपलेखन गरिदिएको भए पनि त्यसपछिको ५ वर्षमा प्राधिकरणको सञ्चिति घाटा ३४ अर्ब नाघेको थियो । आर्थिक वर्ष ०७२/७३ मा प्राधिकरणको वार्षिक घाटा ८ अर्ब ८९ करोड रुपैयाँ थियो । त्यसपछि भने प्राधिकरण निरन्तर नाफामा छ । आर्थिक वर्ष ०७३/७४ मा एक अर्ब ४७ करोड मुनाफा कमाएको प्राधिकरणले त्यसपछिको वर्ष २ अर्ब ८५ करोड मुनाफा कमाएको थियो । आर्थिक वर्ष ०७४/७५ मा प्राधिकरणको मुनाफा ९ अर्ब ८१ करोड थियो भने गत वर्ष प्राधिकरणले ११ अर्ब ६ करोड मुनाफा गरेको हो ।

पछिल्ला दुई वर्षदेखि प्राधिकरणले सरकारी संस्थानमा सबैभन्दा बढी नाफा कमाउँदै आएको छ । वार्षिकोत्सवका अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रणालीमा रहेको चुहावट १५ दशमलव २७ प्रतिशतमा झरेको जानकारी दिए । उनका अनुसार चार वर्षअघि प्रणालीमा रहेको चुहावट करिब २६ प्रतिशत थियो । चार वर्षमा करिब ११ प्रतिशतको चुहावट कम हुँदा प्राधिकरणलाई वित्तीय रूपमा करिब ८ अर्ब रुपैयाँ फाइदा भएको छ । प्रणालीको चुहावटलाई १० प्रतिशतभन्दा कममा झार्ने लक्ष्य रहेको उनले बताए ।



ट्रेन्डिङ