पूर्वी चितवनको भण्डाराका ४२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

पूर्वी चितवनको भण्डाराका ४२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

चितवन, २ भदौं । पूर्वी चितवनको राप्ती ६ भण्डारा स्थित सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनी बागमति प्रदेशमा ४२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार राति भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा २ महिला सहित ४२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । ६० जनाको परीक्षणमा ४२ जनामा संक्रमण पुष्टि भएको राप्ती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले जानकारी दिए ।

संक्रमित प्रहरी मध्ये १५ जनामा लक्ष्मण देखिएको छ भने अन्यमा खासै लक्ष्ण देखिएको छैन । एकैपटक यति धेरै सशस्त्रमा संक्रमण पुष्टि भएपछि उनीहरुलाई आइसोलेसनमा राख्न समस्या भएको देखिएको छ । यसअघि सोही गणमा कार्यरत ८ जनामा संक्रमण पुष्टि भएको थियो ।

उनीहरु मध्ये दुई जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने अन्य ६ जना सोही गणमा छन् ।



ट्रेन्डिङ