जारी निषेधाज्ञामा भीडभाड रोक्न पूर्वी चितवनमा हवाईफायर

जारी निषेधाज्ञामा भीडभाड रोक्न पूर्वी चितवनमा हवाईफायर

चितवन , १ भदौ। जारी निषेधाज्ञामा भीडभाड रोक्न पूर्वी चितवनको पिप्लेमा प्रहरीले हवाईफायर गरेको छ । राप्ती नगरपालिका १ पिप्लेमा एकराउण्ड हवाई फायर भएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले पुष्टि गरे । ढुगांको विषयमा भएको विवादपछि उत्पन्न भीडलाई नियन्त्रण गर्न प्रहरीले हवाईफायर गर्नुपरेको हो ।

स्थानीय एकजना महिलाले त्यहाँ रहेको एउटा ढुङ्गा पुजाको लागि लगेपछि स्थानीयले आफ्नो ठाउँको देउता लगेको भन्दै सामान्य विवाद उत्पन्न भएको थियो ।
निषेधाज्ञाको समयमा भिड देखेर प्रहरीलेहटाउने भिड हटाउन खोज्दा थप विवाद भएपछि प्रहरीले भिडलाई तितरवितर पार्न एक राउण्ड हवाई फायर गरिएको प्रजिअ भट्टराईले बताए ।



ट्रेन्डिङ