विवाद समाधानका लागि कार्यदल गठन गर्ने निर्णयलाईअनुमोदन गर्दै सकियो सचिवालय बैठक

विवाद समाधानका लागि कार्यदल गठन गर्ने निर्णयलाईअनुमोदन गर्दै सकियो सचिवालय बैठक

काठमाण्डौं १ भदौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पाटीभित्रको विवाद समाधानका लागि कार्यदल गठन गर्ने निर्णयलाई स्वागत गर्दै अनुमोदन गरेको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विवाद समाधानका लागि कार्यदल गठन गर्ने दुई अध्यक्षको निर्णयलाई स्वागत र अनुमोदन गर्दैै विवाद समाधानका लागि उपयुक्त उपाय निकाल्न शुभकामना समेत दिएको जानकारी दिए । यसअघि दुई दिनअघि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच विवाद समाधानका लागि कार्यदल बनाउने सहमति भएको थियो ।

महासचिव विष्णु पौडेलको नेतृत्वमा रहेको कार्यदलमा अध्यक्ष ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा २–२ जना सदस्य रहेका छन् । बैठकपछि प्रवक्ता श्रेष्ठलाई मन्त्रिपरिषद हेरफेर समेत भएको हो भनेर गरिएको प्रश्नको जवाफमा उनले भने, ‘कार्यदललाई विवाद समाधानका लागि काम गर्न दिन्छौं । कार्यदलको सुझाव नआएसम्म केही पनि निर्णय हुँदैन ।’



ट्रेन्डिङ