जोखिम बढ्दै गएपछि आजराती १२ बजेदेखि पूर्वी चितवनमा निषेधाज्ञा जारीगर्ने निर्णय

जोखिम बढ्दै गएपछि आजराती १२ बजेदेखि पूर्वी चितवनमा निषेधाज्ञा जारीगर्ने निर्णय

रत्ननगर ३२ साउन । संक्रमितको संख्या बढ्दै गएपछि पूर्वीचितवनका चार वटा नगरपालिकामा पनि आज रातिदेखि निषेधाज्ञा लागू हुँदैछ ।

पूर्वीचितवनका रत्नगर, कालिका, खैरहनी र राप्तीका प्रमुखहरुको आज बसेको संयुक्त बैठकले चार नगरपालिका क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ ।

नगरप्रमुखहरुको संयुक्त बैठकले गरेको निर्णयलाई चितवन प्रशासनले केहि समयमै सार्वजनिक गर्दैछन् । चितवन प्रशासनले सार्वजनिक सूचना नै जारी गरेर निषेधाज्ञालाई पालना गर्न पूर्वी चितवनबासीलाई अपिल गर्नेछ । नगरक्षेत्रमा जोखिम बढ्दै गएपछि संयुक्त बैठकले नै यो निर्णय गरिएको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिए ।

आज राति १२ बजेदेखि लागू हुने गरी भदौं ७ गतेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय भएको नगरप्रमुख श्रेष्ठ जानकारी दिए ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले आज राति देखिनै लागू हुने गरि पूर्वीचितवनमा निषेधाज्ञा घोषणा गरिएको जानकारी दिए । यस बारेमा आजै सार्वजनिक सूचना जारी गरिने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

तस्विरः विपिन शर्मा आचार्य



ट्रेन्डिङ