पहिलो पटक चितवनमा निजी अस्पतालले कोरोना संक्रमितको उपचार थाल्यो

पहिलो पटक चितवनमा निजी अस्पतालले कोरोना संक्रमितको उपचार थाल्यो

भरतपुर ३१ साउन । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चितवनमा निजी अस्पतालले पनि उपचार गर्न थालेको छ । निजी अस्पताल मध्ये भरतपुरको पुष्पाञ्जली हस्पिटलले चितवनमै पहिलो पटक कोरोना संक्रमितको उपचार सुरु गरेको हो ।

साउन २७ गते सोही अस्पतालमा भर्ना भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सोही अस्पतालमा राखेर उपचार गर्न थालिएको हो । संक्रमितको अवस्था गम्भिर तर स्थिर रहेको अस्पातलले जनाएको छ ।

यसअघि निजी अस्पतालमा फेला परेका संक्रमितलाई भरतपुर अस्पताल पठाउने गरिएको थियो ।

अस्पताल प्रशासनले आज प्रेस विज्ञप्ती जारी गरेर कोरोना संक्रमितको उपचार सुरु गरेको जानकारी दिएको हो । कोरोना संक्रमित रत्ननगर नगरपालिका–९ टिकौलीका ६१ वर्षीय पुरुषको सघन कक्ष (आइसीयू)मा राखेर उपचार भइरहेको जनाएको छ । साउन ३० गते स्वास्थ्य मन्त्रालयबाट प्रकाशित सूचना र निर्देशन अनुसार नै कोरोना संक्रमितको उपचार गर्न लागिएको अस्पतालको जनाएको छ । संक्रमित भएका व्यक्तिलाई अस्पतालसंग समन्वय गरेर उपचार गर्न थालिएको हो ।



ट्रेन्डिङ