भरतपुर क्यान्सर अस्पतालका ४ जनामा कोरोनाको संक्रमण पुष्टि

भरतपुर क्यान्सर अस्पतालका ४ जनामा कोरोनाको संक्रमण पुष्टि

भरतपुर ३० साउन । भरतपुर स्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । भरतपुर स्थित प्रयोगशालामा गरिएको परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा एकजना स्टापनर्स सहित ३ जना सहयोगी छन् ।

अस्पताल स्रोतका अनुसार अस्पताल भित्रका कर्मचारी मध्ये ३९ जनाको स्वावको नमुना संकलन गरि परीक्षण गरिएको थियो । संक्रमण पुष्टि हुनेमा सबै अस्पतालका कर्मचारीहरु हुन ।



ट्रेन्डिङ