नाटकिय शैलीमा मोटरसाईकल चोरी, वेपत्ता युवाको खोजिकार्यमा सहयोग गरिदिन आग्रह

नाटकिय शैलीमा मोटरसाईकल चोरी, वेपत्ता युवाको खोजिकार्यमा सहयोग गरिदिन आग्रह

चितवन ३० साउन । तस्विरमा देखिएका यि युवाले चितवनको एकजनाको मोटरसाईकल लिएर वेपत्ता भएका छन् । सिरहा घर भएका अन्दाजी २० वर्षका अविनाश यादव नाम गरेका यि युवा मोटरसाइल लिएर वेपत्ता भएको पन्ध्रदिन भयो । तर अझै सम्पर्कमा आएका छैनन् ।

कालिका नगरपालिकाको वडा नं. ४ बस्ने गणेश चौधरीको बा०३–००२प २७०२ नम्बरको १५० सिसिको कालोरातो प्लसर मोटरसाईकल लिएर वेपत्ता भएका हुन । साथी मार्फत चिनजान भएको यि युवाले साउन १५ गतेका दिन ५ मिनेका लागि मोटरसाईकल मागेर लगेका थिए । मोटरसाईकल लगेपछि सम्पर्क विहीन बनेको यि युवाको मोबाइल त्यहिँ दिनदेखि नै स्वीचअफ छ । उनले आफ्ना साथीलाई फेसबुकमा समेत ब्लक गरेर बसेकाले मोटरसाईकल चोरी गरेर नै फरार भएको मोटरसाईकल धनी गणेश चौधरीको अनुमान छ ।

मोटरसाईकल धनि चौधरीले मोटरसाईकल लिएर भागेका यादवको बारेमा जिल्ला प्रहरी कार्यालय चितवनलाई समेत जानकारी दिएको छ । यादवलाई झिकाई ल्याई आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिएका छन् । उनले लिएर वेपत्ता भएको मोटरसाईकल एक महिना अघिमात्रै किनेको हो ।

कसरी भेटभयो ?
मोटरसाईकल धनि चौधरी र मोटरसाईकल लिएर फरार रहेका युवाबीच साउन १५ गते मालपोत चोकमा भेटहुन्छ । भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल क्षेत्र वरपर भाडामा बस्दै आएका एकजना साथी मार्फत ति युवाबीच सामान्य चिनजान भएको थियो । त्यहिँ चिनजानको आधारमा ति युवाले ५ मिनेटका लागि मोटरसाईकल माग्छ ।

चौधरीले मोटरसाइकल दिन आनाकानी गर्छ । फेरि रिक्वेष्ट गर्छ अर्जेन्ट कामछ ५ मिनेटमै आउँछ भनेर आश्वास्त पार्छन । चौधरीले ५ मिनेटका लागि मोटरसाईकल दिन्छन । त्यसपछि मोटरसाईकल र मान्छे वेपत्ता हुन्छ । यसरी दिउँदै नाटकिय शैलीमा मोटरसाईकल लिएर वेपत्ता भएका युवाको खोजिकार्यमा प्रहरीले समेत चासो देखाएको छ । तस्विरमा भएका युवाले चढेको मोटरसाईकल लिएर वेपत्ता भएकाहुन । देख्नुहुने वा चिन्नुहुनेले नजिकैको प्रहरी कार्यालयमा खबर गरि खोजि कार्यमा सहयोग गरिदिन सम्बन्धि परिवारले आग्रह गरेका छन् ।



ट्रेन्डिङ