धनुषामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

धनुषामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

जनकपुर २९ साउन। धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणका कारण थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । प्रतिष्ठानमा उपचारार्थ धनुषाकी थप एक महिलाको मृत्यु भएको हो ।

धनुषाको मिथिला नगरपालिका वडा नम्बर ७ स्थित ढल्केबर बस्ने ६० वर्षीया महिलाको बर्दिबासस्थित एक निजी अस्पतालमा उपचार गर्दा रोग पत्ता नलागेपछि थप उपचारको लागि धरानस्थित बिपि कोइराला अस्पताल लगिएको थियो ।

अस्पतालमा उपचारका लागि भर्ना भएपछि कोरोना महिलामा संक्रमण भएको पुष्टि भएको थियो ।उपचारका क्रममा उनको बिहिबार मृत्यु भएको हो । करिब एक साता पहिले ती महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो।



ट्रेन्डिङ